बाढीले हाइड्रोपावरको बाँध बगायो | Khabarhub Khabarhub

बाढीले हाइड्रोपावरको बाँध बगायो


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– अविरल वर्षासँगै आएको बाढीले सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित वाङखोलामा रहेको माइक्रो हाइड्रोपावरको बाँध बगाएको छ ।

आज भोटखोलाको गोलामा रहेको आठ किलोवाट क्षमताको उक्त साना जलविद्युत् आयोजनाको मुख्य मुहान बाढीले पूर्णरूपमा क्षतिग्रस्त गरेको हो ।

प्रहरीका अनुसार बाँध बगाउँदा करिब रु ३३ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । घटना विकट भेगमा परेकाले प्रहरी टोली पैदलमार्ग हुँदै घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न दुई दिन लाग्ने भएकाले थप विवरण संकलनमा केही समय लाग्ने बस्नेतले बताए। थप क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ३ : ०३ बजे

सीपसहितको सक्षम जनशक्ति उत्पादनमा विद्यालयले ध्यान दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यालयहरूले सीपसहितको

सुदन किराती भन्छन्,– संविधान संशोधन होइन, पहिला हाम्रो दिमाग संशोधन गरौं

काठमाडौं– जुनसुकै शासनव्यवस्था भए पनि अन्ततः कार्यशैली नसुध्रिने हो भने

रिडी-तम्घास सडकखण्डमा कालोपत्र

गुल्मी– मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा कालोपत्र सुरु गरिएको छ।

समस्या बुझ्न जनता माझ माओवादी केन्द्र : नेता पोखरेल

चितवन– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले

गर्मी छल्न सुनकोशीमा राफ्टिङ (तस्बिरहरू)  

काठमाडौं– गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा आन्तरिक पर्यटकको चाप बढ्न