इजरायली आक्रमणपछि गाजाका अमेरिकी सहायता केन्द्रहरू अस्थायी रूपमा बन्द | Khabarhub Khabarhub

इजरायली आक्रमणपछि गाजाका अमेरिकी सहायता केन्द्रहरू अस्थायी रूपमा बन्द


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राज्य अमेरिकाको सहयोगमा रहेको मानवीय सहयोग निकायले वितरण केन्द्रहरूतर्फ जाने सडकलाई लडाइँको क्षेत्र मानिने इजरायली सेनालाई चेतावनी दिँदै गाजाका सहायता केन्द्रहरू अस्थायी रूपमा बन्द गरिने बताएको छ । मंगलबार गाजामा इजरायली सेनाले संयुक्त राज्य अमेरिकाको सहयोगमा रहेको गाजाको ह्युमेनिटेरियन फाउन्डेसन (जीएचएफ) द्वारा सञ्चालित एक केन्द्र नजिकै गोली चलाउँदा २७ जनाको मृत्यु भएको थियो । 

इजरायलले हालै प्यालेस्टिनी क्षेत्रमा नाकाबन्दी गरेपछि गाजाको सम्पूर्ण जनसङ्ख्या अनिकालको जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घले बताएको छ । संयुक्त राष्ट्र सुरक्षा परिषदले बुधबार गाजामा युद्धविराम र मानवीय पहुँचको आह्वान गर्ने प्रस्तावमा मतदान गर्ने कार्यक्रम तय भएको छ । 

जीएचएफले बुधबार आफ्नो नवीकरण, पुनर्गठन र दक्षता सुधारका लागि वितरण केन्द्रहरू बन्द गरिने र बिहीबार पुनः सञ्चालन सुरु गर्ने बताएको छ ।

मङ्गलबार जीएचएफ केन्द्र नजिकै भएको आक्रमण पछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले खाद्यान्न सहायता खोजी रहेका प्यालेस्टिनीहरूको हत्यालाई अस्वीकार्य भन्दै निन्दा गरेका थिए । 

इजरायली सेनाले नागरिकहरूलाई गोली हानेको आरोप अस्वीकार गर्दै उक्त घटनाको अनुसन्धान भइरहेको बताएको छ । इजरायलले आफ्नो सेनाले गाजाका मानिसहरूलाई सहायता सङ्कलन गर्नबाट नरोकेको दावी गरेको छ । 

संयुक्त राष्ट्रसङ्घका मानव अधिकारका प्रमुख भोल्कर टर्कले नागरिकहरूमाथि भएको आक्रमण मानव अधिकारको गम्भीर उल्लङ्घन र युद्ध अपराध भएको उल्लेख गरेका छन् । 

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले निर्दोष गाजावासीहरुले इजरायलको अभूतपूर्व आक्रमणको सामना गरिरहेका बताएको छ ।  
 

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ४ : ३९ बजे

अनियमितताको आरोपमा छानबिन समिति गठन

काठमाडौं– सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख मेकानिकल इन्जिनियर रोशनकुमार देव

दशैं नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्व : सभामुख घिमिरे

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दशैं नेपाली समाजमा मेलमिलाप र

निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध

राजनीतिक जटिलताको समाधान संविधानले नै दिनुपर्छ : देउवा  

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विषम

‘नायिकासँग टिकटक बनाउँदा श्रीमती रिसाउँछिन्’

काठमाडौं – ‘पाण्डे जी’ फिल्मका पर्दा पछाडिको ‘हिरो’ हुन् ।