अग्नि सापकोटाविरूद्धको मुद्दामा पूर्णिमायाको पक्षमा उत्प्रेषण आदेश « Khabarhub

अग्नि सापकोटाविरूद्धको मुद्दामा पूर्णिमायाको पक्षमा उत्प्रेषण आदेश


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतमा उत्प्रेषण आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा बुधबार भएको सुनुवाइपछि यस्तो आदेश आएको हो ।

यसअघि सर्वोच्चले अनुसन्धानको विवरण झिकाउन आदेश गरेको थियो । संवैधानिक इजलासले बुधबार पूर्णिमाया लामाले मन्त्रपिरषिद्, प्रधानमन्त्री तथा मन्त्रपिरषिद कार्यालयसमेत ७ जनालाई विपक्षी बनाउँदै दायर गरेको रिटमा यस्तो आदेश जारी गरेको हो ।

यो मुद्दा लामो समयदेखि मुद्दा सर्वोच्चमा विचाराधीन थियो । सर्वोच्चको संवैधानिक इजलासको सबैभन्दा पुरानो मुद्दा भएकाले बहस गरेर अन्तिम फैसला सुनाउने भन्दै पछिल्लो समय सुनुवाइ गरेको थियो ।

सर्वोच्चले यही प्रकरणमा परेको अर्को मुद्दामा दाबी नपुग्ने फैसला गरेको छ भने अर्को रिटलाई खारेज गरिदिएको छ ।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् ।

त्यस्तै त्यही मुद्दामा सापकोटामाथि कारबाहीको माग गर्दै कनकमणि दीक्षित र सुशील प्याकुरेलसमेतले पनि रिट दायर गरेका थिए । उनीहरूले दायर गरेको रिट भने सर्वोच्चले खारेज गरिदिएको छ ।

उता अग्नि सापकोटाले कनकमणि दीक्षित र सुशील प्याकुरेसहितविरुद्ध दायर गरेको रिटमा भने सर्वोच्चले मागदाबी नपुग्नै फैसला सुनाएको छ ।

उक्त मुद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो ।

माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका अर्जुन लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो । काभ्रे माओवादीको तत्कालीन नेतृत्वमा रहेका सापकोटा हत्यामा संलग्नता रहेको पीडित परिवारको दाबी थियो।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ५ : २४ बजे

आगामी निर्वाचन काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो : अध्यक्ष घिसिङ

चितवन– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१

रास्वपाका डोलप्रसाद अर्यालको चुनावी वाचापत्र सार्वजनिक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति र काठमाडौँ क्षेत्र

जग्गा वर्गीकरण म्याद थपे पनि विराटनगरमा कारोबार सुस्त

काठमाडौं– सरकारले जग्गा वर्गीकरणको म्याद २०८३ असार मसान्तसम्म थपे पनि

काठमाडौंका २५० उम्मेदवारमध्ये १२० जनाले मात्र खोले बैंक खाता

काठमाडौं– सङ्घीय राजधानी काठमाडौँकै आधा उम्मेदवारले हालसम्म बैंक खाता खोलेका

कैलाली १ मा एमालेका न्यौपानेलाई नेकपा (संयुक्त) को समर्थन

टीकापुर- नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) जिल्ला समितिले कैलाली क्षेत्र नम्बर