कर्णालीका तीन पालिकामा सडक जोडिने « Khabarhub

कर्णालीका तीन पालिकामा सडक जोडिने


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको नीति कार्यक्रममा प्रदेशसभामा पेश गरिएको छ । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले आर्थिक वर्ष २०८२-०८३ को नीति कार्यक्रम पेश गर्दै सडकले नजोडिएका कर्णाली प्रदेशका तीन पालिकामा आगामी आर्थिक वर्षमा सडक जोड्ने बताएका हुन् । 

प्रादेशिक सडकसञ्जाल गुरुयोजनाको प्राथमिकताको सूचकांकका आधारमा प्रादेशिक लोकमार्ग तथा प्रादेशिक सडकहरूको प्राथमिकता निर्धारण गरी कार्यान्वयन गरिने प्रदेश प्रमुख मियाँले बताए ।

‘सडक सञ्जालमा नजोडिएका डोल्पाको छार्का ताङ्सोङ र शे–फोक्सुण्डोतथा मुगुको मुगुमकार्मारोङ गाउँपालिकाको केन्द्रलाई राष्ट्रिय तथा प्रादेशिक सडक सञ्जालसँग जोड्ने कार्यलाई निरन्तरता दिँदै सञ्चा्लनमा रहेका सडकको क्रमशः स्तरोन्नति तथा मर्मतगरी सडक यातायातलाई सुरक्षित, सर्वयाम, भरपर्दो र दिगो बनाइनेछ,’ उनले भने,‘पक्की सडकले नजोडिएका स्थानीय तहका केन्द्रलाई पक्की सडकले जोड्न सङ्घ स्थानीय तहसँगको सहकार्यमा विशेष कार्यक्रम सञ्चालक गरिनेछ ।’

अन्तर प्रदेश सडक सञ्जाल अन्तर्गत सुदूरपश्चिलम, लुम्बिनी तथा गण्डकी प्रदेश जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राखिने र पर्यटकीय महत्व भएका स्थान र दूरी घटाउने झुलुङ्गे पुल निर्माण गरिने मियाँले बताए ।

 ‘आधा घण्टाको हिँडाइ-फेरोभित्र पहुँच पुर्याउन झोलुङ्गे पुल निर्माण गरी यसै आर्थिक वर्षभित्र प्रदेशबाट पूर्ण रूपमा तुइन विस्थापन गरिनेछ,’ उनले भने,‘    प्रादेशिक लोकमार्ग र प्रादेशिक सडकमा पर्ने सडक पुल निर्माण कार्यलाई निरन्तरता दिई सर्वयामसवारी साधन सञ्चालन हुने व्यवस्था मिलाइनेछ ।’ 

ठूला नदी र बहुस्पानका सडक पुल डिजाइन एण्ड बिल्ड खरिद विधिमार्फत निर्माण गर्ने नीति लिइने मियाँले बताए ।

 ‘सार्वजनिक निजी साझेदारीमा निर्माण तथा सञ्चालक गर्ने गरी द्रुत मार्ग, सुरूङ्ग मार्ग, जल यातायात, केबलकार, रज्जुमार्ग, रोपवे तथा पोडवे जस्ता यातायात सम्बन्धी आयोजनाको पूर्व सम्भाव्यता अध्ययन गरिनेछ,’ उनले भने, ‘विद्युतीय भुक्तानी प्रणाली लागू गरी यातायात सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै एकद्वार सेवा प्रणालीको विकास गरिनेछ । सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षालाई व्यवस्थित गर्न प्रदेश सरकारको लगानीमा ट्रायल सेन्टर निर्माणको कार्य सम्पन्न गरिनेछ । प्रदेशमा नै सवारी स्मार्ट चालक अनुमतिपत्र छपाई तथा वितरणको व्यवस्था मिलाइनेछ ।’

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ५ : ४९ बजे

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको