धुलिखेल खानेपानी आयोजना पुनर्निमाण सुरु « Khabarhub

धुलिखेल खानेपानी आयोजना पुनर्निमाण सुरु


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त यहाँको धुलिखेल नगरपालिकामा सञ्चालित खानेपानी आयोजना जर्मन सरकारको सहयोगमा पुनर्निर्माण सुरू गरिएको छ । आज एक कार्यक्रमबीच नेपालका लागि जर्मनीका राजदूत डा माइकल कोच र नगरप्रमुख अशोक ब्याञ्जुले संयुक्त रूपमा पनौती–१२ स्थित मुहान क्षेत्रमा शिलान्यास गरे। 

मुहान क्षेत्रमा क्षति पुगेको आयोजना तीन करोड ५१ लाखमा पुनर्निमाण गरिने जनाइएको छ । जर्मन सरकारबाट ६० प्रतिशत अर्थात एक करोड ४५ लाख अनुदान प्राप्त भएको नगर प्रमुख ब्याञ्जुले बताए। उनका अनुसार बाँकी ४० प्रतिशत रकम नगर तथा र खानेपानी उपभोक्ता समितिले व्यहोर्ने छ । 

जर्मन सरकारले नै ३२ वर्षअघि उक्त आयोजना निर्माणमा सहयोग गरेको थियो । बाढीपहिरोको क्षतिपछि नगरले जर्मन राजदूतावासमा सहयोगका लागि अनुरोध गरेको थियो । जर्मन सहयोग नियोग (जिआइजेड) मार्फत काठमाडौँस्थित जर्मनीको दूतावासले रू एक करोड ४५ लाख रकम सहयोग गर्ने सम्झौतापछि पुनःनिर्माण सुरू गरिएको ब्याञ्जुले जानकारी दिए ।  

प्राप्त सहयोग रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचना पुनर्निर्माण गरिने जनाइएको छ । बाढीले आयोजनामा क्षति हुँदा नगरका ३, ४, ५, ६ र ८ नम्बर वडाका उपभोक्ता खानेपानी सुविधाबाट वञ्चित भएका थिए । त्यतिबेला करिब २० लाख खर्चेर अस्थायी व्यवस्थापन गरी खानेपानी सञ्चालन भए पनि दीर्घकालीन सुविधाका लागि पुनर्निर्माण सुरु भएको हो । 

राजदूत कोचले विपद्ले मानिसका लागि सबैभन्दा महत्त्वपूर्ण खानेपानी आयोजनामा क्षति पुगेकामा दुःख व्यक्त गर्दै जर्मन सरकारको सहयोग रकमले आयोजनालाई टेवा पुग्ने बताए। उनले मुहान क्षेत्र सुरक्षित बनाउन सुझावसमेत दिए।

आयोजनाको मुहान क्षेत्र पनौती नगरपालिका–१२ स्थित पालपाले गाउँका विभिन्न स्थानमा करिब दुई किलोमिटर मुख्य पाइपमा क्षति पुगेको थियो । सोही वडाको सप्तकन्याबाट ल्याइएको खानेपानी तीन हजार २०० घरपरिवारले उपभोग गर्दै आएका थिए । 
 

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ७ : ४२ बजे

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका