आज २०८२ साल असार २० गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल असार २० गते शुक्रबारको राशिफल


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार २० गते शुक्रबार। असार शुक्ल पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ जुलाई ४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। परिवारसँग तीर्थयात्राको तय हुनेछ। लगानीका क्षेत्रमध्ये व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यले साथ दिँदा मन प्रशन्न हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य प्राप्त हुनेछ।

वृष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : हरेक कुरामा अवरोध हुने जोखिम छ। विरोधको आवाज सुन्नुपर्ने हुनसक्छ। स्वास्थ्यले साथ दिँदा मन शान्त हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा भने सेवाको अवसर गुम्ने जोखिम छ।

कर्कट : परिवारमा कामको बोझ थपिने छ। सानो कुराले आक्रोश बढ्नेछ। सचेत भएर बोल्नु उचित हुन्छ। शिक्षामा ढिलासुस्ती हुनेछ। राज्यका तर्फबाट भय बढ्नेछ। परिवारको साथ मिल्नेछ।

सिंह : दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले व्यापारमा फाइदा हुनेछ। बोली र व्यवहारमा एकरुपताको खाँचो छ। दान दिएर दिनको सुरुवात गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

कन्या : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। हरेक काममा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। राज्यको माथिल्लो निकायबाट सेवाको अवसर मिल्नेछ।

तुला : दिन राम्रो छ। महत्त्वपूर्णा निर्णय लिने समय छ। राम्रो कुरामा अगाडि बढ्ने हिम्मत गर्नुपर्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। सरकारी सेवामा भए पदोन्नती हुनेछ।

वृश्चिक : सञ्चित धन खर्च हुनेछ। परिवारसँग सल्लाह गरेर मात्र काम गर्नु उचित हुन्छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ।

धनु : दिन राम्रो छ। स्वास्थ्यले साथ दिँदा मन शान्त बन्ने छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। पठनपाठनमा जोस र जाँगर बढ्नेछ। विपक्षी साथी शान्त भएकाले तपाईंको काम सहजै बन्ने छ।

मकर : दिन राम्रो छ। विदेशी रमझमले मन आकर्षित गर्नेछ। लगानी गर्नु भएको भए वैदेशिक रोजगारीको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

कुम्भ : दिन सामान्य छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। शिक्षाको प्रयोग गर्न नपाए पनि स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मीन : दिन सामान्य छ। सानो कुराले मन भारी हुनेछ। एकल निर्णय लिनुभन्दा साथीसँग सहकार्य गरेर निर्णय गर्नु उचित हुन्छ। साढेसाती दशाका कारण साथीहरुले तपाईंको कुरामा टिप्पणी गर्ने जोखिम छ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ५ : ०७ बजे

एमाले केन्द्रीय सदस्यलाई बोल्ने समय तीन मिनेट

काठमाडौं – जेनजी आन्दोलनपछि नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजबाट

नियमित हात धुनु कुपोषण न्यूनीकरणमा सहायक : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएकाले नियमित

जेनजी आन्दोलन : घाइतेको उपचार निःशुल्क, वर्गीकरण गर्न प्राविधिक समिति गठन

काठमाडौं – जेनजी आन्दोलनका क्रममा घाइते भएकाको सम्पूर्ण उपचार निःशुल्क

बैंकहरूले सिएसआरको रकम जेनजी आन्दोलन प्रभावितको हितमा खर्च गर्न सक्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम

मुस्ताङमा एक अर्बभन्दा बढी मूल्यको स्याउ उत्पादन

मुस्ताङ– मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ ।