एक करोड लागतमा वडा कार्यालय भवन निर्माण « Khabarhub

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ ।

दुई तले नौ कोठे भूकम्पप्रतिरोधी क्षमताको भवन निर्माण भएको हो । रघुगङ्गा गाउँपालिका–१ का वडाध्यक्ष विलप्रसाद फगामीले एक करोड पाँच लाखको लागतमा भवन निर्माण भएको जानकारी दिए। 

‘आर्थिक वर्ष २०८०-०८१ मा ५० लाख र २०८१-०८२ मा रु ५५ लाख बजेट विनियोजन भएको वडा कार्यालय भवन योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको हो’, उनले भने, ‘चालु आवमा विनियोजन भएको बजेटबाट तला थप गरेर सभाहल बनाउने योजना छ । नयाँ आर्थिकदेखि भवनबाट सेवा सञ्चालन गर्ने तयारी गरेका छौँ ।’

साविक बेग गाविसको नाममा रहेका दुई रोपनी र स्थानीय हितमान फगामीले दान गरेको दुई आना तीन पैसा क्षेत्रफलमा भवन निर्माण भएको वडाध्यक्ष फगामीले बताए। 

आठ वटा वडा रहेको रघुगङ्गाको यसअघि वडा नं ५ झिँ, वडा नं २ भगवती, वडा नं ६ पाखापानीको कार्यालय भवन निर्माण भएको थियो । वडा न ३ पिप्ले, वडा नं ४ दग्नाम र वडा नं ८ कुइनेमङ्गलेको वडा कार्यालय पुराना भवनबाट सञ्चालन भएको छ । मौवाफाँटमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ । 
 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ६ : ५७ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन