रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री « Khabarhub

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन गरेका छन् । यो पालिकाम यसपटक  १८४ मेट्रिक टन लिची उत्पादन भएको छ । छ वडा रहेको यो गाउँपालिका–१ कुभिण्डेमा सबैभन्दा बढी ८८ मेट्रिक टन लिची उत्पादन भएको जनाइएको छ । 

कुभिण्डेमा ११ हेक्टरमा लगाइएको लिचीले उत्पादन दिन थालेको गाउँपालिकाका कृषि शाखा प्रमुख उद्धव बास्तोलाले बताए। पालिकाको वडा नं २ खार्पामा २४ मेट्रिक टन, वडा नं ३ लामीडाँडामा १६, वडा नं ४ धारापानीमा १६, वडा नं ५ दुवेकोलमा आठ र वडा नं ६ हौँचुरमा ३२ मेट्रिक टन उत्पादन भएको छ । 

आफूले रु ३० हजारको लिची बिक्री गरेको कुभिण्डेस्थित लाङ्घाली चोकका प्रेमबहादुर मगरले बताए । उनले प्रतिदाना रु एकमा बिक्री गरेका हुन्। 

सोही स्थानका खड्गप्रसाद रेग्मीले रु ४५ हजारका लिची बेचिसकेका छन् । केही किसानले  एक लाख भन्दा बढीका लिची बेचिसकेका कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिए । रावाबेँसीका किसानले लिचीबाट यसपटक रु ९५ लाख हाराहारी आम्दानी गरेका उनको अनुमान छ । 

रावाबेँसी गाउँपालिकालाई लिची उत्पादनको ‘हब’को रुपमा विकास गर्नेगरी यही असार १० गते सम्पन्न १७ औँ गाउँसभामार्फत नीति तथा कार्यक्रम पारित गरिएको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए। 
 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ९ : ०२ बजे

शशांकले भने- पार्टी टुक्रिने सम्भावना छ, १५ औँ महाधिवेशन देउवाको नेतृत्वमा हुन्छ

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी टुक्रिने सम्भावना

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौं– शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित विद्यालयका

बाढीपीडित नेपाललाई श्रीलङ्काको १० लाख डलर सहयोग

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले

विवादित पात्रलाई कसले बनायो जेन-जीको मञ्चमा अतिथि ?

काठमाडौं- विगतमा विभिन्न अपराध तथा विवादमा मुछिएका दुई व्यक्ति जेन-जी

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।