अन्तर्राष्ट्रिय सहकारी दिवसमा महासंघले विशेष समारोह गर्ने « Khabarhub

अन्तर्राष्ट्रिय सहकारी दिवसमा महासंघले विशेष समारोह गर्ने


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विशेष समारोहको आयोजना गर्ने भएको छ । 

महासंघले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै समुन्नत विश्वका लागि समावेशी तथा दिगो समाधान अघि बढाउनु भन्ने अन्तर्राष्ट्रिय थिमका साथ विशेष रूपमा अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने जनाएको छ ।

महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत आयोजनामा औपचारिक कार्यक्रमको आयोजना गरेको महासंघकी अध्यक्ष ओमदेवी मल्लले जानकारी दिइन्।

कार्यक्रममा अन्तर्राष्ट्रिय थिममा आधारित कार्यपत्र प्रस्तुत हुने, हेफर इन्टरनेशनल नेपाल र महासंघको संयुक्त अध्ययन प्रतिवेदन सार्वजनिक हुने तथा सहकारी क्षेत्रमा महत्त्वपूर्ण योगदान पुराउने व्यक्तिहरूलाई सम्मान गरिने मल्लले बताइन् ।  

अन्तर्राष्ट्रिय सहकारी महासङ्घले सन् १९२३ देखी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन सुरु गरेको हो । सहकारी दिवस मनाउने क्रममा संयुक्त राष्ट्र सङ्घले समेत समुदायको सामाजिक आर्थिक तथा सांस्कृतिक विकासमा सहकारीको महत्त्वपूर्ण योगदानको कदर गर्दै सन् १९९५ देखी संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय सहकारी दिवसको रूपमा मनाउन थालेको हो । 

हरेक वर्षको जुलाई महिनाको पहिलो शनिबारका दिन विश्वभरि सहकारी दिवस मनाइन्छ । 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १ : २२ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार