पाटन कलेज फर प्रोफेसनल स्टडीजबाट १३७ विद्यार्थी दीक्षित « Khabarhub

पाटन कलेज फर प्रोफेसनल स्टडीजबाट १३७ विद्यार्थी दीक्षित


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको सम्बन्धन प्राप्त पाटन कलेज फर प्रोफेसनल स्टडीजबाट यो वर्ष १३७ जना विद्यार्थी दीक्षित भएका छन् ।

सातौँ दीक्षान्त समारोहमा क्याम्पसका बीएससी कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ र बीबीए अध्ययन गरेका १३७ विद्यार्थी दीक्षित भएका हुन् ।

दीक्षान्त समारोहमा बोल्दै क्याम्पसका अध्यक्ष इन्जिनियर पंकज जालानले भने, ‘कलेज सकेर निस्किएपछि विद्यार्थीले आफू, परिवार र राज्यप्रतिको जिम्मेवारी थपिएको महसुस गर्नुहोला । स्वदेशमै प्रशस्त अवसर छ, सम्भावनाको ढोका खोल्ने आफैँले हो ।’

नेपालमा केही छैन भन्नेहरूका लागि अवसरै अवसरको देश हो भनेर देखाउनुपर्ने बेला आएको अध्यक्ष जालानले बताए ।

ललितपुर कुपण्डोलको पाटन कलेज फर प्रोफेसनल स्टडीज पीसीपीएस नेपालको प्रतिष्ठित शैक्षिक संस्था एलबीईएफ ग्रुप अफ इन्स्टिच्युसन, लर्ड बुद्ध एजुकेशन फाउण्डेशन अन्तर्गत सञ्चालित छ ।

अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त डिग्री प्रदान गर्ने लक्ष्यसहित पाटन कलेजले विस्तृत अनुसन्धानपछि बेलायतको प्रख्यात युनिभर्सिटी अफ बेडफोरसायरसँग साझेदारी गर्दै आएको छ।

एक शताब्दी लामो उत्कृष्ट शैक्षिक इतिहास बोकेको युनिभर्सिटी अफ बेडफोरसायरको गुणस्तरीय शिक्षामा प्रतिबद्धता पाटन कलेजको लक्ष्यसँग मेल खाने भएकाले उक्त विश्वविद्यालय उपयुक्त साझेदारका रूपमा चयन गरिएको कलेजले जनाएको छ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  २ : ०० बजे

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।