प्रतिमा गौतमले भनिन्- देश दुनियाँले नियाली रहेको छ, एक-अर्कालाई हिलो छ्याप्न बन्द गरौँ  « Khabarhub

प्रतिमा गौतमले भनिन्- देश दुनियाँले नियाली रहेको छ, एक-अर्कालाई हिलो छ्याप्न बन्द गरौँ 


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ प्रतिमा गौतमले पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकलाई देश–दुनियाँले नियाली रहेकोभन्दै एक–अर्कालाई हिलो छ्याप्ने काम बन्द गर्न आग्रह गरेकी छन् । 

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा धारणा राख्ने क्रममा उनले आफूले गरेका कामको जिम्मेवारी आफैँले लिनुपर्ने भन्दै अर्कामाथि दोष थुपार्नुको कुनै तुक नभएको पनि बताइन् । 

‘यो मिटिङ हाम्रो यही कोठाभित्र रहेका मानिसहरूका बीचमात्र सीमित रहन्न । यो बैठकलाई देश–दुनियाँले नियालिरहेको छ,’ सांसदसमेत रहेकी गौतमले भनिन्, ‘एकले अर्कोलाई हिलो छ्याप्ने काम बन्द गरौँ । आफूले गरेको काम, निर्णयको जिम्मेवारी आफैँले लिने हो, काम आफू गर्ने अनि दोष अर्कालाई थुपार्नुको कुनै तुक छैन ।’

उनले नेता–कार्यकर्ता सबै जिम्मेवार हुनुपर्नेमा जोड दिँदै सामाजिक सञ्जालमा जिम्मेवार पदमा बसेकाहरूबाट पार्टीलाई खुइल्याउने काम भइरहेको पनि बताइन् । ‘नेतादेखि कार्यकर्ता सबै जिम्मेवार हुन जरुरी छ । सामाजिक सञ्जालमा जिम्मेवारीमा बसेकाहरूले पार्टी खुइल्याउने काम गरे,’ गौतमले भनिन्, ‘यसले पार्टीलाई फाइदा  पुर्‍याएको छैन ।’

सांसद गौतमले पार्टी र जनप्रतिनिधिको भूमिका कमजोर बन्दै गएको भन्दै गम्भीरतापूर्वक लिन आग्रह पनि गरिन् । पार्टीले वैज्ञानिक ढंगबाट बजेट वितरण प्रणालीको विधि बनाउनु पर्ने उनको भनाइ थियो ।

‘वडा सदस्यदेखि मन्त्रीसम्मका नेताहरूको भूमिकाप्रति साथीहरू सन्तुष्ट हुन सकेका छैनन् । बजेटका विषयमा सबै सरकारका मन्त्रीहरूले पारदर्शी ढंगले बजेट वितरण गरेनन्,’ गौतमले भनिन्, ‘लुटको धन, फूपूको श्राद्ध भनेझैँ आफ्नै क्षेत्रभित्र मात्रै लैजानु पर्ने ? यो भएन अब पार्टीले वैज्ञानिक ढंगबाट बजेट वितरण प्रणालीको विधि बनाउनु लाग्नुपर्छ ।’

पार्टीका संरचनाहरू भद्दा हुँदा निर्णयहरू निष्कर्षमा पुग्न नकसको भन्दै उनले संरचनामा सुधारमा लाग्नु पर्ने आवश्यकता पनि औँल्याइन् । पार्टीका भ्रातृ संगठनहरूले अधिवेशन गर्न नसक्दा पार्टी कमजोर बनेको गौतमले दाबी गरिन् ।

‘भ्रातृ संगठनहरूको आवधिक अधिवेशन गर्न नसक्दा आज पार्टी कमजोर बन्यो । युवा, विद्यार्थीहरूलाई पार्टीले काम दिन सकेन,’ उनले भनिन्, ‘विधि–प्रक्रिया र अधिकार नाघेर गरिएका निर्णयहरू खारेज गर्नु पर्‍यो । विधि सम्मत काम गरौँ, गर्न लगाऔँ ।’

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ३ : २१ बजे

सबैको नजर रोनाल्डोमाथि, सरप्राइज दिने दाउमा डीआर कंगो

काठमाडौं – क्रिस्टियानो रोनाल्डो एक विश्वकप जितेर आफ्नो फुटबल करिअरलाई

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु