इजरायली आक्रमणमा १५ जनाको मृत्यु « Khabarhub

इजरायली आक्रमणमा १५ जनाको मृत्यु


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

गाजा सिटी- गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार प्यालेस्टिनी क्षेत्रमा लगभग २१ महिनाको युद्धपछि इजरायली हमलामा कम्तीमा १५ जनाको मृत्यु भएको बताएको छ ।

इजरायलले हालै गाजा पट्टीमा आफ्नो सैन्य कारबाही विस्तार गरेको छ । त्यहाँ युद्धले यस क्षेत्रको २० लाखभन्दा बढी जनसङ्ख्याका लागि गम्भीर मानवीय अवस्था सिर्जना गरेको छ ।

दक्षिणी गाजा सहर खान युनिस नजिकै विस्थापित मानिसहरूको शिविरमा भएको इजरायली हवाई आक्रमणमा एक बालकसहित सात जनाको मृत्यु भएको गाजाका नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघायरले बताए ।

उनले खान युनिसको तटमा रहेको पाल शिविरहरूमा दुई अन्य आक्रमणमा थप आठ जनाको मृत्यु भएको बताए  । उक्त आक्रमणमा शुक्रबार बिहान दुई बालबालिकाको मृत्यु भएको थियो ।

प्यालेस्टिनी लडाकू समूह हमासले बिहीबार मध्यस्थकर्ताहरूबाट युद्धविरामका लागि नयाँ प्रस्तावहरूबारे छलफल गरिरहेको बताए पनि इजरायली नेताहरू हमासलाई दमन गर्ने आफ्नो लक्ष्यमा अडिग छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले हमाससँग ६० दिनको युद्धविराममा सहमति जनाएको भन्दै गाजामा बाँकी रहेका बन्धकहरूलाई रिहा गर्न सक्ने बताएका थिए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बाँकी बन्दीलाई फिर्ता गर्न ठूलो आन्तरिक दबाबमा परेका छन् । रासस
 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ४ : १० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन