पार्टीमा देखिएको मनमुटाबलाई अन्त्य गरौँ : शान्ति परियार « Khabarhub

पार्टीमा देखिएको मनमुटाबलाई अन्त्य गरौँ : शान्ति परियार


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ शान्ति परियारले पार्टीमा देखिएको मनमुटाबलाई अन्त्य गर्नुपर्नेमा जोड दिएकी छन् । 

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा धारणा राख्ने क्रममा उनले पार्टीले जनतालाई दिन सक्ने दिशा निर्देशनमा एक भएर जानु पर्नेमा जोड दिइन् । 

‘हाम्रो पार्टीले जनतालाई दिन सक्ने दिशा निर्देशनमा हामी एक भएर जानु पर्छ,’ उनले भनिन्, ‘यो मनमुटाबका कुराहरू, आरोप–प्रत्यारोपका कुराहरूलाई हामीले अन्त्य गर्नुपर्छ ।’ 

कांग्रेस हरेक दृष्टिकोणले समावेशी पार्टी भएको भन्दै उनले सबै मिलेर कांग्रेसलाई बलियो बनाउनुपर्ने आवश्यकता औँल्याइन् ।

‘हाम्रो पार्टीमा सबै खाले नेताहरू पाइन्छन् । यहाँ सबै खालको समावेशिता छ,’ केन्द्रीय सदस्य परियारले भनिन्, ‘त्यस कारणले हामीले मिलेर कांग्रेसलाई बलियो बनाएर जानुपर्छ भन्ने मेरो धारणा छ ।’

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ४ : २८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन