रोममा पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तीमा ३० जना घाइते « Khabarhub

रोममा पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तीमा ३० जना घाइते


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

रोम– इटालीको राजधानी रोमको एक पेट्रोल पम्पमा शुक्रबार भएको भीषण विस्फोटमा परी कम्तीमा ३० जना घाइते भएका छन् ।

घटनास्थलको निरीक्षण गर्दै रोमका मेयर रोबर्टो ग्वाल्टिएरीले नौ जना कानून प्रवर्तन अधिकारीसहित अन्य २१ जना घाइते भएको र तीमध्ये एकको अवस्था गम्भीर रहेको बताएका छन् ।  

ग्वाल्टिएरीले स्थानीय समयअनुसार बिहान ८ः२० बजे भएको विस्फोटपछि छिमेकी भवनहरू खाली गराइएको बताए । ती भवनमा बालबालिकाको ग्रीष्मकालीन शिविर आयोजना गर्ने खेल हलसहित ‘ठूलो क्षति’ भएको बताएका छन् । 

बच्चाहरूलाई पहिल्यै सुरक्षित स्थानमा लगिएको कारण थप धेरै मानवीय क्षति हुन पाएन ।  ग्वाल्टिएरीका अनुसार इन्धन भर्ने क्रममा ग्यास चुहिएपछि आगो लागेको थियो । घटनास्थलमा आपत्कालीन सेवाहरू तत्काल पुगेका र विस्फोट हुँदा उद्धार कार्य जारी थियो ।

‘विस्फोट वास्तवमै शक्तिशाली थियो। मैले सपनामा जस्तै आफ्नो छाला जलिरहेको महसुस गरेँ,’ स्पोट्र्स सेन्टरमा काम गर्ने २३ वर्षीया मिचेल सेकोले एएफपीसँग भनिन् ।

अनलाइनमा शेयर गरिएको मोबाइल फोन फुटेजमा आकाशमा ठूलो आगोको गोला खसेको र त्यसपछि पूर्वी रोमको प्रेन्सटिनो क्षेत्रमा कालो धुवाँ फैलिएको देखिएको छ ।

एएफपीका संवाददाताहरूका अनुसार यो आवाज शहरमा टाढासम्म सुनिएको थियो र शहरका झ्यालहरू समेत हल्लिएका थिए ।

खेल केन्द्रका प्रमुख बाल्जानी फाबियोले पहिलो आगलागी बिहान ७ः३० बजेदेखि ७ः४० को बीचमा सुरू भएको थियो । यदि आगलागी अर्को केही समय (४५ मिनेट) पछि भएको भए यसले विनाशकारी नतिजा ल्याउन सक्ने थियो । रासस

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ४ : ५० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन