‘जनसङ्ख्याका आधारमा महिलाको प्रतिनिधित्व बढाउन आवश्यक छ’ « Khabarhub

‘जनसङ्ख्याका आधारमा महिलाको प्रतिनिधित्व बढाउन आवश्यक छ’


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरिले जनसङ्ख्याका आधारमा राज्यका हरेक निकायमा महिलाको सहभागिता सुनिश्चित गरिनुपर्ने आवश्यकता औँल्याएका छन् । 

शङ्करनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा–८ द्वारा आयोजित ‘महिला सशक्तीकरण, उद्यम विकास तथा गरिबी निवारण’ विषयक दुई दिने तालिमको उद्घाटन गर्दै उनले महिला सहभागिता जनसङ्ख्याका अनुपातमा हुनुपर्नेमा जोड दिए ।

पूर्वमुख्यमन्त्री गिरिले आरक्षणका आधारमा महिला प्रतिनिधित्व केही बढे पनि त्यो पर्याप्त नभएको भन्दै वास्तविक प्रतिनिधित्वका लागि जनसङ्ख्यालाई आधार मान्नु उपयुक्त हुने धारणा राखे । 

यसैगरी उनले व्यवस्थामा परिवर्तन भए पनि नागरिकको जीवनस्तर परिवर्तन हुन नसकेको भन्दै सबै निकायमा दबाब सिर्जना गरी वास्तविक सुधारका लागि पहल लिनुपर्ने बताए ।  

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रवीन्द्र बस्नेतले समूहको वार्षिक कार्ययोजनाअनुसार उपभोक्ता तथा पार्षद् सदस्यहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास, उद्यम प्रवर्द्धन र गरिबी न्यूनीकरणको उद्देश्यसहित तालिम सञ्चालन गरिएको बताए । 

वन तथा वातावरण सुरक्षाविज्ञ दामोदर शर्मा तिवारी, वरिष्ठ सल्लाहकार टेकबहादुर थापा, उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारीलगायतले दुई दिने तालिमले महिला सशक्तीकरण, वन विकास तथा संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

समूहका कोषाध्यक्ष भुवन आचार्यका अनुसार तालिममा मुलुकी फौजदारी संहिता, योजनाको अवधारणा, स्थानीय तहमा योजना तर्जुमा प्रक्रिया, लैङ्गिक न्याय, महिला सशक्तीकरण, सूचनाको हक र सार्वजनिक रूपमा बोल्ने कला जस्ता विषयमा सहजीकरण गरिनेछ ।

तालिमको प्रमुख प्रशिक्षकमा लुम्बिनी प्रदेशका पूर्वमुख्य न्यायाधिवक्ता खुमकान्त पौडेल, न्यायाधीश ईश्वर पराजुली, तिलोत्तमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, अधिवक्ता हेमा न्यौपाने, पत्रकार खिमानन्द भट्टराई तथा वातावरणविज्ञ दामोदर शर्मा तिवारी छन् ।
 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ५ : २४ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद