‘जनसङ्ख्याका आधारमा महिलाको प्रतिनिधित्व बढाउन आवश्यक छ’ « Khabarhub

‘जनसङ्ख्याका आधारमा महिलाको प्रतिनिधित्व बढाउन आवश्यक छ’


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरिले जनसङ्ख्याका आधारमा राज्यका हरेक निकायमा महिलाको सहभागिता सुनिश्चित गरिनुपर्ने आवश्यकता औँल्याएका छन् । 

शङ्करनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा–८ द्वारा आयोजित ‘महिला सशक्तीकरण, उद्यम विकास तथा गरिबी निवारण’ विषयक दुई दिने तालिमको उद्घाटन गर्दै उनले महिला सहभागिता जनसङ्ख्याका अनुपातमा हुनुपर्नेमा जोड दिए ।

पूर्वमुख्यमन्त्री गिरिले आरक्षणका आधारमा महिला प्रतिनिधित्व केही बढे पनि त्यो पर्याप्त नभएको भन्दै वास्तविक प्रतिनिधित्वका लागि जनसङ्ख्यालाई आधार मान्नु उपयुक्त हुने धारणा राखे । 

यसैगरी उनले व्यवस्थामा परिवर्तन भए पनि नागरिकको जीवनस्तर परिवर्तन हुन नसकेको भन्दै सबै निकायमा दबाब सिर्जना गरी वास्तविक सुधारका लागि पहल लिनुपर्ने बताए ।  

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रवीन्द्र बस्नेतले समूहको वार्षिक कार्ययोजनाअनुसार उपभोक्ता तथा पार्षद् सदस्यहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास, उद्यम प्रवर्द्धन र गरिबी न्यूनीकरणको उद्देश्यसहित तालिम सञ्चालन गरिएको बताए । 

वन तथा वातावरण सुरक्षाविज्ञ दामोदर शर्मा तिवारी, वरिष्ठ सल्लाहकार टेकबहादुर थापा, उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारीलगायतले दुई दिने तालिमले महिला सशक्तीकरण, वन विकास तथा संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

समूहका कोषाध्यक्ष भुवन आचार्यका अनुसार तालिममा मुलुकी फौजदारी संहिता, योजनाको अवधारणा, स्थानीय तहमा योजना तर्जुमा प्रक्रिया, लैङ्गिक न्याय, महिला सशक्तीकरण, सूचनाको हक र सार्वजनिक रूपमा बोल्ने कला जस्ता विषयमा सहजीकरण गरिनेछ ।

तालिमको प्रमुख प्रशिक्षकमा लुम्बिनी प्रदेशका पूर्वमुख्य न्यायाधिवक्ता खुमकान्त पौडेल, न्यायाधीश ईश्वर पराजुली, तिलोत्तमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, अधिवक्ता हेमा न्यौपाने, पत्रकार खिमानन्द भट्टराई तथा वातावरणविज्ञ दामोदर शर्मा तिवारी छन् ।
 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ५ : २४ बजे

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न साढे ४ बजे बस्ने

एसईई र कक्षा १२ को नजिता समयमै सार्वजनिक गर्नु सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री 

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२