उद्योगमन्त्रीको दाबी- सरकारको जनपक्षीय काम देखेर आत्तिएकाले चौतर्फी प्रहार गरे « Khabarhub

उद्योगमन्त्रीको दाबी- सरकारको जनपक्षीय काम देखेर आत्तिएकाले चौतर्फी प्रहार गरे


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

अमरगढी (डडेल्धुरा)- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार जनपक्षीय काममा निरन्तर लागिपरेको भए पनि चौतर्फी प्रहार भइरहेको बताएका छन् ।

डडेल्धुरामा शुक्रबार कार्यकर्तासँगको भेटघाटमा मन्त्री भण्डारीले जनपक्षीय काम देखेर अत्तालिएकाहरूले वर्तमान सरकारप्रति विरोध गरिरहेका बताए ।

‘वर्तमान सरकार जनआकाङ्क्षा पूरा गर्न लागिपरेको छ । यो संयुक्त सरकार हो, संयुक्त सरकारबाट एकल सरकारको जस्तो अपेक्षा पूरा नहुन सक्छन् । तर सरकारले सबै क्षेत्रलाई समेट्ने प्रयास गरेको छ’, उनले भने ।

मन्त्री भण्डारीले हालको राष्ट्रिय राजनीति, सरकारको प्राथमिकता, उद्योग तथा आपूर्ति क्षेत्रका विषयमा सरकारको नीति तथा योजनाबारे प्रकाश पारे ।

उनले विशेषगरी सुदूरपश्चिम प्रदेशमा आर्थिक विकास, रोजगारी सृजना र औद्योगिक पूर्वाधार विस्तारमा सरकारले चालेका कदमहरूको जानकारी दिनुका साथै स्थानीय तहका कार्यकर्ताको भूमिका पनि महत्त्वपूर्ण रहेको बताए ।

भेटवार्तामा कार्यकर्ताहरूले जिल्लाको विकास, रोजगारी, व्यावसायिक विस्तार तथा केन्द्र, प्रदेश र स्थानीय तहबीचको समन्वयका विषयमा सुझाव, गुनासो र अपेक्षा राखे । मन्त्री भण्डारीले ती सबै सुझावलाई गम्भीरतापूर्वक लिनुका साथै समाधानका लागि मन्त्रालय तथा पार्टीस्तरमा पहल गर्ने प्रतिबद्धता गरे ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ७ : २३ बजे

फकल्यान्डमा बेलायतको अडान कायमै

लण्डन- अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी

दुईजनाको उद्धार गरिएको त्रिशूली थ्री ‘ए’ भित्र अरू कोही भेटिएनन्

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौं– सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याइएका

अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चल्न सकेन ?

काठमाडौं- नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ ।

बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर