पाकिस्तानमा बाढीका कारण, १ सय ४० बालबालिकासहित २ सय ९९ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा बाढीका कारण, १ सय ४० बालबालिकासहित २ सय ९९ जनाको मृत्यु


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा भारी वर्षा र बाढीका कारण १ सय ४० बालबालिकासहित कम्तीमा २ सय ९९ जनाको मृत्यु हुनुका साथै ७ सय जनाभन्दा बढी घाइते भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ ।

एनडिएमएले जुन २६ मा सुरु भएको बर्षाले देशभरि विनाश निम्त्याएको जनाएको छ । मृतकमध्ये १ सय २ पुरुष, ५७ महिला र १ सय ४० बालबालिका रहेको तथा घाइतेहरुमा २ सय ३९ बालबालिका, २ सय ४ महिला र २ सय ७२ पुरुष भएको पुष्टि गरेको छ ।

पाकिस्तानी पत्रिका डनका अनुसार बर्षाले एक हजार ६ सय ७६ घरहरू पनि क्षतिग्रस्त भएका छन् । बाढीका कारण ४ सय २८ वटा गाईवस्तुको मृत्यु भएको छ भने प्रभावित समुदायका लागि थप कठिनाइ निम्त्याएको छ । एनडिएमएले २ सय २३ वटा उद्धार अभियान सञ्चालन गरेको र बाढी प्रभावित क्षेत्रबाट दुई हजार ८ सय ८० जनालाई सफलतापूर्वक उद्धार गरेको पुष्टि गरेको छ ।

राहतमार्फत आवश्यक सामाग्रीहरू वितरण गरिएको जनाइएको छ । यसबाहेक, अधिकारीहरूले लाइफ ज्याकेट, जनस्वास्थ्य किट, पाल र पानी तान्ने पम्पहरू आपूर्ति गरेका छन् । ७१ वटा शिविर स्थापना गरी चिकित्सा सहायतासमेत प्रदान गरिएको जनाएको छ । एनडिएमएले धेरै क्षेत्रहरू प्रभावित रहेको उल्लेख गरेको छ भने प्रान्तीय र सङ्घीय निकायहरूसँगै संयुक्त अभियानहरू सञ्चालन भइरहेको डनले जनाएको छ ।

पाकिस्तान मौसम विज्ञान विभाग (पिएमडी) ले अगस्ट ४ देखि अगस्ट ७ सम्म उत्तरी क्षेत्रहरूमा भारी वर्षा र चट्याङ्को पूर्वानुमान गरेको छ । यस अवधिमा खैबर पख्तुनख्वा, पञ्जाब र इस्लामाबादमा वर्षा हुने सम्भावना छ भने गिल्गिट–बाल्टिस्तानमा अगस्ट ५ देखि वर्षा हुने अनुमान गरिएको छ । बलुचिस्तानले अगस्ट ६ मा उत्तरपूर्वी र दक्षिणी भागहरूमा वर्षाको पूर्वानुमान गरेको छ भने तटीय क्षेत्रहरूमा हल्का वर्षाको साथ सिन्धमा पनि आद्र्रता बढ्ने अपेक्षा गरिएको छ ।

पन्जाबमा प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) का महानिर्देशक इरफान अलि काठियाले आइतबार अगस्ट ५देखि सुरु हुने अनुमान गरिएको मनसुन वर्षाको छैटौँ चरणको चेतावनी दिएका छन् ।

वर्षाले चेनाब र झेलम नदीमा बाढी आउदा जोखिम बढ्ने उनले बताएका छन् । लाहोर, मुरी, अटक, झेलम, गुजरानवाला, फैसलाबाद र डेरा गाजी खानलगायत दर्जनौँ जिल्लाहरू प्रभावित हुने सम्भावना जनाउदै अगस्टमा जुलाईको तुलनामा वर्षा बढी हुने पिडिएमएले चेतावनी दिएको छ । डनले मुर्री र गल्लियात दुवै लोकप्रिय पर्यटन क्षेत्रमा कमजोर भवन र माटोका घरहरूमा संरचनात्मक क्षति हुन सक्ने बताएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  २ : ०३ बजे

कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब (तस्बिर)

काठमाडौं– नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई

आफ्नै समर्थकको सरकारबाट डा. केसीका माग पूरा हुन कति सम्भव ?

काठमाडौं– डा गोविन्द केसीले बिहीबारबाट फेरि आमरण अनसन सुरु गरेका

सम्बन्ध विच्छेदमा ६४ करोड डलर तिर्न आदेश

सियोल– दक्षिण कोरियाको उच्च अदालतले कृत्रिम बौद्धिकता (एआई) चिप उद्योगका

तीन दल नमिल्ने गगनको अडानपछि प्रदेशको सत्ता भागबन्डानजिक एमाले-नेकपा

काठमाडौं- नेपाली कम्युनिस्ट आन्दोलन यतिबेला इतिहासकै चुनौतीपूर्ण मोडमा छ। विभिन्न

एक वर्षमा काठमाडौंमा अपराधका ११ हजार बढी मुद्दा दर्ता, ८ हजार ५ सय बढी पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक बर्ष २०८२/८३ मा काठमाडौंमा