माधव नेपाल भन्छन् : असफल हुनु नयाँ सुरुवात हो, आत्तिनु पर्दैन « Khabarhub

माधव नेपाल भन्छन् : असफल हुनु नयाँ सुरुवात हो, आत्तिनु पर्दैन


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जीवनमा असफलता आए पनि निराश नहुन सबैलाई आग्रह गरेका छन्।

पार्टी निकट अनेरास्ववियूले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले फेल हुनु आफैँमा अन्त्य नभई नयाँ सुरुवात हुने बताए।

‘संघर्ष हो जीवन, समस्या र चुनौती आउँछन्,’ नेपालले भने, ‘तर त्यसले जीवनबाट भाग्न हुन्न। फेल भए पनि आत्तिनु पर्दैन।’

उनले विश्व नेताहरूको उदाहरण दिँदै प्रेरणा लिनुपर्नेमा जोड दिए। ‘अब्राहम लिङ्कन धेरैपटक निर्वाचनमा फेल भए पनि आज विश्वभर चर्चित छन्,’ उनले स्मरण गराए।

अध्यक्ष नेपालले युवा पुस्तालाई समाज रूपान्तरणको अभियानमा लाग्न आह्वान गर्दै भने, ‘हामी विकृति, विसंगति र छाडापन त्यागेर सुन्दर देश बनाउन चाहन्छौँ।’

कार्यक्रममा उनले पार्टीको चुनाव चिह्न ‘कलम’ भएको उल्लेख गर्दै नयाँ पुस्ताले यसको व्यापक प्रचार गर्नुपर्ने बताए। उनले बुद्धि बिग्रिएकालाई सपार्न सकिने बताउँदै भिरमा जानेलाई भने काँध थाप्न नसकिने उल्लेख गरे । ‘बुद्धि बिग्रिए पनि भिरबाट लड्नेलाई काँध थाप्नु हुँदैन, रामराम भन्नुपर्छ,’ उनले व्यंग्य गर्दै भने।

नेपालले ज्ञान, चिन्तन र अध्ययनमार्फत् आत्मविश्वास बढाउन आग्रह गरे । ‘संसारका नेताहरूका जीवनी पढ्नुस्, चिन्तन गर्नुस्, त्यसले आत्मबल बढाउँछ’, उनले भने ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  २ : ४३ बजे

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल