बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका इन्द्र बानियाँले पेस गरे दाबी « Khabarhub

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका इन्द्र बानियाँले पेस गरे दाबी


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । प्रदेश प्रमुखले सरकारका लागि आह्वान गरेको केही बेरमै बानियाँले दाबी पेस गरेका हुन् ।

बानियाँले सत्ता साझेदार नेकपा एमाले र कांग्रेसका तर्फबाट प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदमा दाबी पेस गरेको उनीनिकट कार्यकर्ताहरू तस्बिर सामाजिक सञ्जालमा राखेका छन् ।

तस्बिरमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियासहितका नेताहरू पनि देखिएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ३ : १६ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने