बान्टमवेट च्याम्पियन जितेर आइपुगे रवीन्द्र (तस्बिरहरू) « Khabarhub

बान्टमवेट च्याम्पियन जितेर आइपुगे रवीन्द्र (तस्बिरहरू)


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन जितेका रवीन्द्र ढाँट सोमबार भारतबाट काठमाडौं आइपुगेका छन् ।

भारतका साविक विजेता चोङ्गरेङ्ग कोरेनलाई हराउँदै टाइटल बेल्ट जितेका रवीन्द्रलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

शनिबार राति भएको खेलमा उनले साविक विजेता भारतीय चोङ्गरेङ्ग कोरेनलाई तेस्रो राउन्डमै नकआउट गर्दै सनसनीपूर्ण जित निकालेका थिए ।

उनले तेस्रो राउन्डको ५४औँ सेकेन्डमै भारतीयलाई नकआउट गरिदिए । उनले प्रतियोगिता जित्दै एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट पनि हात पारेका थिए ।

योसँगै ढाँटले आफ्नो व्यावसायिक करियरमा नवौँ जित दर्ता गरेका थिए । यो फाइटका लागि उनले निकै कडा तयारी र मिहिनेत गरेका थिए । त्यो कुरा भारतीय फाइटरविरूद्ध ढाँटको रणनीति सुधार र नवीनताले पुष्टि गरेको थियो ।

ढाँटले इभेन्टको दोस्रो राउन्डमा कोरेनलाई थोरै दबाबमा राखेका थिए । त्यसपछि तेस्रो राउन्डमा कडा र चाँडो आक्रमण गर्दै विपक्षीको बचाउलाई निस्तेज पार्दै नकआउट जित हासिल गरेका थिए । प्रशिक्षक र टिमका सदस्यहरूले पनि उनको उत्कृष्ट प्रदर्शनको प्रशंसा गरेका छन् ।

उनीहरूले यो फाइटलाई नेपालका लागि गर्वको क्षण भनेका छन् । यसले अन्तर्राष्ट्रियस्तरमा नेपाली एमएमएको मान्यता बढाएको छ । यो प्रदर्शनले ढाँटलाई भविष्यमा प्रतिस्पर्धाको लागि नयाँ उत्साह र आत्मविश्वास दिलाएको छ ।

ढाँटको सफलता नेपालका लागि महत्त्वपूर्ण सावित भएको छ । नेपाली खेलकुद क्षेत्रमा नयाँ प्रतिभाहरू आइरहेका छन्, उनीहरूका लागि पनि ढाँट हौसला बनेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ६ : ०८ बजे

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी

भूमिहीन र सुकुम्वासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहीन र सुकुम्वासी समस्या

धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न समिति गठन

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्रको दोस्रो बजार सुधार

वातावरण संरक्षण विधेयकमा त्रिचन्द्र कलेजका विद्यार्थीको ध्यानाकर्षण

काठमाडौं– त्रिचन्द्र कलेजका विद्यार्थीले सरकारले बनाएको वातावरण संरक्षण ऐन, २०७६