बान्टमवेट च्याम्पियन जितेर आइपुगे रवीन्द्र (तस्बिरहरू) « Khabarhub

बान्टमवेट च्याम्पियन जितेर आइपुगे रवीन्द्र (तस्बिरहरू)


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन जितेका रवीन्द्र ढाँट सोमबार भारतबाट काठमाडौं आइपुगेका छन् ।

भारतका साविक विजेता चोङ्गरेङ्ग कोरेनलाई हराउँदै टाइटल बेल्ट जितेका रवीन्द्रलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

शनिबार राति भएको खेलमा उनले साविक विजेता भारतीय चोङ्गरेङ्ग कोरेनलाई तेस्रो राउन्डमै नकआउट गर्दै सनसनीपूर्ण जित निकालेका थिए ।

उनले तेस्रो राउन्डको ५४औँ सेकेन्डमै भारतीयलाई नकआउट गरिदिए । उनले प्रतियोगिता जित्दै एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट पनि हात पारेका थिए ।

योसँगै ढाँटले आफ्नो व्यावसायिक करियरमा नवौँ जित दर्ता गरेका थिए । यो फाइटका लागि उनले निकै कडा तयारी र मिहिनेत गरेका थिए । त्यो कुरा भारतीय फाइटरविरूद्ध ढाँटको रणनीति सुधार र नवीनताले पुष्टि गरेको थियो ।

ढाँटले इभेन्टको दोस्रो राउन्डमा कोरेनलाई थोरै दबाबमा राखेका थिए । त्यसपछि तेस्रो राउन्डमा कडा र चाँडो आक्रमण गर्दै विपक्षीको बचाउलाई निस्तेज पार्दै नकआउट जित हासिल गरेका थिए । प्रशिक्षक र टिमका सदस्यहरूले पनि उनको उत्कृष्ट प्रदर्शनको प्रशंसा गरेका छन् ।

उनीहरूले यो फाइटलाई नेपालका लागि गर्वको क्षण भनेका छन् । यसले अन्तर्राष्ट्रियस्तरमा नेपाली एमएमएको मान्यता बढाएको छ । यो प्रदर्शनले ढाँटलाई भविष्यमा प्रतिस्पर्धाको लागि नयाँ उत्साह र आत्मविश्वास दिलाएको छ ।

ढाँटको सफलता नेपालका लागि महत्त्वपूर्ण सावित भएको छ । नेपाली खेलकुद क्षेत्रमा नयाँ प्रतिभाहरू आइरहेका छन्, उनीहरूका लागि पनि ढाँट हौसला बनेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ६ : ०८ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली