कक्षा १२ को नतिजा प्रकाशित : ६१.१७ प्रतिशत उत्तीर्ण « Khabarhub

कक्षा १२ को नतिजा प्रकाशित : ६१.१७ प्रतिशत उत्तीर्ण


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १२ कक्षाको नतिजा प्रकाशित भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअुनसार कक्षा १२ मा ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् ।

त्यस्तै उता ननग्रेड ३८.८३ प्रतिशत रहेका छन् ।

 परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले २ लाख ८२ हजार ४६५ जना विद्यार्थी उत्तीर्ण भएका पत्रकार सम्मेलनमार्फत् जानकारी दिए ।

यस वर्षको परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए। नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ ले परीक्षा दिएका थिए ।

यस पटक सबैभन्दा धेरै ६६ हजार २७५ जनाले अंग्रेजी विषयमा ननग्रेड ल्याएका शर्माले बताएका छन् ।

शर्माले पढाइ र परीक्षा प्रणालीमा गरिएको सुधारका कारण एसईईमा जस्तै कक्षा १२ को नतिजा पनि राम्रो भएको बताए। उनका अनुसार यस पटकको नतिजा गत वर्षभन्दा ९ प्रतिशतले बढेको हो। गत वर्ष ५२. ९१ प्रतिशत विद्यार्थी पास भएका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ६ : ४३ बजे

पदत्यागअघि युक्रेन पुगे स्टारमर, युक्रेनप्रति बेलायतको समर्थन कायम रहने सन्देश

किएभ- प्रधानमन्त्री पदबाट सोमबार औपचारिक रूपमा बाहिरिनुअघि बेलायती प्रधानमन्त्री किअर स्टार्मर अन्तिम

शिक्षामन्त्रीसँग जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत

फिल्म ‘आकाश वर्षा’ बनाउँदै जनक

काठमाडौं – निर्माता जनक घर्ती मगरले फिल्म ‘आकाश धर्ती’ बनाउने

श्रम ऐन संशोधनबारे निजी क्षेत्रसँग छलफल, मन्त्रीले भने-तपाईँहरू विना सरकार चल्न सक्दैन

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४

मध्यपूर्वको पूर्वाधार ध्वस्त पार्ने इरानको चेतावनी, अमेरिकी सैन्य कारबाही पनि तीव्र

एजेन्सी- अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किँदै जाँदा इरानले