कक्षा १२ को नतिजा प्रकाशित : ६१.१७ प्रतिशत उत्तीर्ण « Khabarhub

कक्षा १२ को नतिजा प्रकाशित : ६१.१७ प्रतिशत उत्तीर्ण


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १२ कक्षाको नतिजा प्रकाशित भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअुनसार कक्षा १२ मा ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् ।

त्यस्तै उता ननग्रेड ३८.८३ प्रतिशत रहेका छन् ।

 परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले २ लाख ८२ हजार ४६५ जना विद्यार्थी उत्तीर्ण भएका पत्रकार सम्मेलनमार्फत् जानकारी दिए ।

यस वर्षको परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए। नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ ले परीक्षा दिएका थिए ।

यस पटक सबैभन्दा धेरै ६६ हजार २७५ जनाले अंग्रेजी विषयमा ननग्रेड ल्याएका शर्माले बताएका छन् ।

शर्माले पढाइ र परीक्षा प्रणालीमा गरिएको सुधारका कारण एसईईमा जस्तै कक्षा १२ को नतिजा पनि राम्रो भएको बताए। उनका अनुसार यस पटकको नतिजा गत वर्षभन्दा ९ प्रतिशतले बढेको हो। गत वर्ष ५२. ९१ प्रतिशत विद्यार्थी पास भएका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ६ : ४३ बजे

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी- इटहरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।