गण्डकीमा ८९ प्रतिशत रोपाइँ « Khabarhub

गण्डकीमा ८९ प्रतिशत रोपाइँ


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशमा हालसम्म ८९ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म ८३ हजार ७९४ हेक्टर क्षेत्रफल अर्थात् ८८ दशमलव ९७ मा रोपाइँ गरिएको हो । यस वर्ष ९४ हजार १८२ हेक्टरमा रोपाइँ हुने अनुमान रहेको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले जानकारी दिए। 

उनका अनुसार सबैभन्दा बढी बागलुङमा ९६ दशमलव ८१ प्रतिशत, लमजुङमा ९५ दशमलव २८ प्रतिशत, कास्कीमा ९५ प्रतिशत, तनहुँमा ९१ प्रतिशत, म्याग्दीमा ९० दशमलव ०१ प्रतिशत, पर्वतमा ९० प्रतिशत, नवलपुरमा ७९ दशमलव २७, स्याङ्जामा ८८ दशमलव ४९ र गोरखामा ८४ दशमलव ०७ प्रतिशत रोपाइँ भएको हो । 

गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानखेती गरिन्छ । प्रदेशको कूल चार लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धानखेती हुने गरेको छ ।

हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ । गत वर्ष ९६ हजार ५३ हेक्टरमा धानखेती गरिएकामा यस वर्ष धानखेतीको क्षेत्रफल घटेको हो । घरघडेरीले धानको उब्जाउ क्षेत्र नासिनु, तीव्र सहरीकरणजस्ता कारणले धान खेतीको क्षेत्रफल खुम्चँदै गएको छ ।

क्षेत्रफल घटे पनि सिँचाइ, खेती प्रणालीमा सुधार, रोगकिरा नियन्त्रण, उन्नत बिउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुन सके धानको उत्पादकत्व बढ्ने कृषिअर्थ विज्ञ पौडेलको भनाइ छ ।  
 

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ७ : २० बजे

होर्मुजमा ढुवानी प्रवाह सहज भए आपुर्तिमा राहत दिनेमा भारत आशावादी

नयाँदिल्ली– स्ट्रेट अफ होर्मुजबाट ढुवानी प्रवाह पुनः सुरु गरिए पछि

महाधिवेशनमा प्रतिनिधि शुल्क नलिन र लिएको फिर्ता गर्न सभापति लामिछानेको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनका

रवि-बालेनकै गाडी ब्रेक लागेर दुई दिनदेखि चितवनमा रोकिएपछि…

काठमाडौं – देविका राना गुल्मीबाट चितवनको गर्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व

मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण

भरतपुर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रत्ननगरस्थित बकुलहर रत्ननगर

सरकारले गर्यो सार्वजनिक सवारीसाधनको दर्ता आंशिक खुला

काठमाडौं– सरकारले सार्वजनिक सवारीसाधनको दर्ता आंशिक रुपमा खुला गरेको छ