चीनमा खानी दुर्घटनामा छ विद्यार्थीको मृत्यु, सुरक्षा मापदण्डप्रति आक्रोश « Khabarhub

चीनमा खानी दुर्घटनामा छ विद्यार्थीको मृत्यु, सुरक्षा मापदण्डप्रति आक्रोश


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– गत जुलाई २३ मा चीनको भित्री मङ्गोलिया क्षेत्रमा रहेको एउटा खानीमा भएको दुर्घटनामा परी नर्थइस्टर्न विश्वविद्यालयका छ विद्यार्थीको मृत्यु भएको छ ।

खानीको औद्योगिक फ्लोटेशन ट्यांक अवलोकन गर्ने क्रममा ग्रिड प्लेट भाँचिदा उनीहरू ट्यांकीमा खसेर डुबेका थिए । यो खानी चाइना नेशनल गोल्ड ग्रुपको सहायक कम्पनी झोङ्जिन गोल्डले सञ्चालन गर्दै आएको छ ।

दुर्घटनामा एक शिक्षक पनि घाइते भएका छन् । दुर्घटनाले चिनियाँ सामाजिक सञ्जालमा ठूलो आक्रोश निम्त्याएको छ ।

चिनियाँ सामाजिक सञ्जाल वेइबोमा यसै विषयसँग सम्बन्धित ह्यासट्यागले एक घण्टामै १० करोडभन्दा बढी भ्यूज पाएको थियो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सुरक्षा मापदण्डको कमी र कम्पनीको लापरबाहीमाथि प्रश्न उठाएका छन् ।

चिनियाँ सञ्चारमाध्यमले यसलाई राष्ट्रिय त्रासदीको संज्ञा दिएका छन् । सरकारले दुर्घटनाको कारण पत्ता लगाउन र सुधारात्मक उपाय प्रस्ताव गर्न अनुसन्धान टोली गठन गरेको छ ।

पछिल्लो समय चीनमा बारम्बार यस्ता औद्योगिक दुर्घटनाहरु हुने गरेका छन् । कमजोर सुरक्षा प्रबन्धका कारण यस्तो दुर्घटना हुने गरेको बताइन्छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ८ : ५७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया