बिहान यी काम गर्दा दिनभरलाई फाइदा « Khabarhub

बिहान यी काम गर्दा दिनभरलाई फाइदा


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृतमा दैनिक कार्यक्रमलाई दिनचर्या भनिन्छ । दिनको अर्थ हुन्छ हरेक समय र आचार्यको अर्थ हुन्छ त्यसको पालन गर्नु र त्यसको निकट रहनु ।

दिनचर्या आदर्श दैनिक कार्यक्रम हो जो प्रकृतिको चक्रलाई ध्यानमा राख्छ । आयुर्वेद बिहानको समयमा केन्द्रित हुने गरेको छ किनकि बिहानीले पूरै दिनलाई नियमित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

आयुर्वेदका अनुसार दिनचर्या शरीर र मनको अनुशासन हो र यसले प्रतिरक्षा तन्त्र मजबुत हुन्छ । त्यस्तै मल (फोहर) पदार्थबाट शरीर शुद्ध हुन्छ । स्वस्थ दिनचर्याले शरीर र मन शुद्ध हुन जान्छ । दोष सन्तुलित हुन्छ, प्रतिरक्षा तन्त्र मजबुत हुन्छ र दिनको शुरुआत ताजगी हुन्छ ।

बिहानमा सरल दिनचर्याको पालन गर्दा तपाईँको दिनको सुरुवात आनन्दमय हुन्छ । तपाईँको बिहानीलाई ताजा बनाउनका लागि कहीँ उपाय अपनाउन जरुरी हुन्छ ।

ब्रह्म मुहूर्त

सूर्योदय भन्दा डेढ घण्टा पहिला उठ्नाले तपाई सूर्यको लयका साथ अघि बढ्न सक्नुहुन्छ । आयुर्वेदमा ब्रह्म मुहूर्तको ठूलो महिमा उल्लेख गरिएको छ । ब्रह्म मुहूर्तको अर्थ हुन्छ ब्रह्मको समय या शुद्ध चेतनाको समय ।

बिहान सबेरै उठ्नेलाई आयुर्वेदमा सर्वश्रेष्ठ मानिएको छ । सूर्योदय भन्दा डेढ घण्टा पहिला वातावरणमा विशाल ऊर्जाको गति भरिन्छ । त्यस्तै सूर्योदय भन्दा आधा घन्टा पहिला दोस्रो तहको ऊर्जा वातावरणमा प्रवाह भइरहेको हुन्छ ।

आशा, प्रेरणा तथा शान्तिका लागि यो ऊर्जा निकै महत्त्वपूर्ण हुन्छ । यो समय वातावरण शुद्ध, शान्त तथा सुखदायक हुन्छ । यो समय ध्यान गर्नाले मानसिक समस्यामा वा समस्यामा समेत सुधार हुन्छ । तनावको विसर्जन हुन्छ ।

योग, प्राणायाम

बिहान ब्रह्म मुहूर्तमा उठेपछि योग तथा प्राणायाम गर्न जरुरी छ । आजको व्यस्त जीवन शैलीमा शरीरलाई ठीक राख्न पनि योग र प्राणायामको विशेष महत्व रहेको छ । प्राणायाम श्वासप्रश्वासको एक विशेष विधि हो । योगले शरीरमा ऊर्जा उत्पन्न गराउँछ ।

सफाइ

बिहान उठेपछि चिसो पानीले कुला गर्ने गर्नु स्वास्थ्यका हिसाबमा राम्रो हुन्छ । त्यस्तै बिहान शरीरलाई सफा राख्न सकियो भने दिनभर नै त्यसले स्फूर्ति प्रदान गर्छ त्यसैले बिहान योग प्राणायाम सकिएपछि नुहाएर शरीरलाई स्वस्थ र सफा बनाउन जरुरी छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ६ : ५८ बजे

रसुवागढी नाकास्थित ‘बेलिब्रिज’ निर्माणमा चिनियाँ पक्षको प्राथमिकता

रसुवा– नेपाल–चीन जोड्ने रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलिब्रिज तयारीको कामले तीव्रता

सुमनराज अर्याल बने मुख्यसचिव

काठमाडौं- सरकारले रक्षासचिव सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ। एकनारायण

सुदूरपश्चिमका जोश ब्राउन गोल्डेन डक आट, सोमापलले लिए विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्धको

चितवनमा थपिए २२ हजार मतदाता

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

प्रतिनिधिसभा निर्वाचनका लागि ६१ दल दर्ता

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका