बिर्तामोडमा गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम « Khabarhub

बिर्तामोडमा गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको बिर्तामोडमा गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा भएको कार्यक्रममा नेपाल गुणस्तर चिह्न, अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आईएसओ) प्रमाणपत्र तथा विभागअन्तर्गतका कार्यालयले प्रदान गर्ने सेवाबारे जानकारी दिइएको थियो ।

विभागका निर्देशक पारसमणि यादवले नेपाल गुणस्तर चिह्न र आईएसओ प्रमाणपत्र तथा जिल्ला गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख रजनिस झाले कार्यालयमार्फत प्रदान गरिने सेवाबारे जानकारी दिएका थिए ।

कार्यक्रमका सहभागी उद्योगी, व्यापारी, उपभोक्ता, स्थानीय तहका प्रतिनिधिले गुणस्तर चिह्न, आईएसओ प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया र विभागका सेवाबारे जिज्ञासा राखेका थिए ।

त्यस अवसरमा नापतौल, ढकतराजु, उपभोक्ताको अधिकार र स्वदेशी उत्पादनको अन्तर्राष्ट्रिय बजारमा बजारीकरणबारे पनि जानकारी दिइएको थियो । (रासस)

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ८ : १६ बजे

विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभियो भारत 

एजेन्सी– भारतले जापानलाई पार गर्दै विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा

कीर्तिमानी प्रधानमन्त्री बनेर अस्ताएकी खालिदा

खालिदा जिया बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री र बंगलादेश नेशनलिस्ट पार्टीकी

शीतलहर प्रभावित क्षेत्रमा दाउरा वितरण

राजविराज– शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि राजविराज नगरपालिकाले नगर क्षेत्रभित्र

कुलमान रास्वपामा विलय हुँदा पूर्वका पहिचानवादी बिलखबन्द

काठमाडौं- कुलमान घिसिङले उज्यालो नेपाल पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय

सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छ : मन्त्री घिसिङ

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मत ढिलाइ