गगने खोलाको पहिरोले कर्णाली राजमार्ग फेरि अवरुद्ध « Khabarhub

गगने खोलाको पहिरोले कर्णाली राजमार्ग फेरि अवरुद्ध


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कालिकोट – कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ। कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा राति पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।

यसअघि गगने खोलामा गएको पहिरोले चार दिन कर्णाली राजमार्ग अवरुद्ध भएको थियो। बुधबार राति गगने खोलामा पुन पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

ठुलो पहिरो झरेकाले राजमार्ग सञ्चालन गर्न समय लाग्ने प्रहरीले जनाएको छ। यसअघि शनिबार गएको पहिरो मंगलबार दिउँसो मात्र सेनाले पन्छाएको थियो।

‎‎राजमार्ग अवरुद्ध हुँदा मालबाहक र यात्रुवाहक सवारी साधन रोकिएका छन्। यात्रुसमेत अलपत्र परेका छन्।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ९ : ०२ बजे

रास्वपा महाधिवेशन : राप्रपा अध्यक्ष लिङ्देन सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष

गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी– गण्डकी प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४

रास्वपा महाधिवेशन : रवि-बालेन दुवैले गर्नेछन् सम्बोधन 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन ७ गतेबाट चितवनमा हुँदै

रास्वपा महाधिवेशन : इलेक्ट्रोनिक मेसिनबाट हुनेछ भोटिङ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनबाट भोटिङ हुने

हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

बागमती– हेटौँडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६० जना श्रमिकलाई सामाजिक