रास्वपा सार्वजनिक मामिला विभागका सचिवमाथि अक्रमण « Khabarhub

रास्वपा सार्वजनिक मामिला विभागका सचिवमाथि अक्रमण


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि आक्रमण भएको छ।

रास्वपा सभापति रवि लामिछानेका सहयोगी प्रमोद न्यौपानेका अनुसार गएराति कपनको प्रगति चोकमा भण्डारीमाथि आक्रमण भएको हो।

नम्बर प्लेट छोपेर एउटा मोटरसाइकलमा पुगेका तीन जनामध्ये दुई जनाले रड प्रहार गरेको न्यौपानेको भनाइ छ। बदनलाई उद्धत गर्दै न्यौपानेले दिएको जानकारी अनुसार अर्को एक जनासँग खुकुरी थियो।

रड प्रहारबाट १० वटा टाँका लगाउनु पर्ने गरी टाउकोमा गहिरो चोट लागेको छ। भण्डारीका शरीरभर डाम छन्। न्यौपानेका अनुसार भण्डारीले भागेर ज्यान बचाएका हुन्। उनको गाडी तोडफोड गरिएको छ।

रास्वपाले घटनाको विषयमा प्रहरीलाई जानकारी गराएको बताएको छ। उसले आक्रमणको कारण राजनीतिक भएको भन्दै निष्पक्ष छानबिन गर्न भनेको छ।

यसअघि बदनलाई नारी टीभीमा दिएको अन्तरवार्तालाई लिएर निरन्तर धम्की आएको खुलेको छ। केहीअघि अफिसमै आएर उनीबारे सोधखोज पनि गरिएको थियो।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १० : ३२ बजे

‘च्याउ उत्पादन र प्रवर्द्धन मन्त्रालयको प्राथमिकतामा रहँदै आएको छ’

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले च्याउ उत्पादन,

वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु पर्ने बाध्यता छ : कुलमान घिसिङ

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले

गण्डकीमा अठार लाख बढी मतदाता र एक हजार २९७ मतदानस्थल कायम

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बुद्धको चित्र दिँदै प्रधानमन्त्रीले मागिन् दुर्गा प्रसाईंसँग निर्वाचन सफल बनाउन सहयोग

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई सफल पार्नका लागि सहयोग

रास्वपाको समानुपातिकमा चितवनका मात्रै २१ जना, ४४ जिल्ला हेरेको हेर्‍यै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारको सूचीमा अधिकांश जिल्लाको