कृषाको ‘जहाजैमा’ अलपत्र, घोषणा गरिन् ‘पारस’ « Khabarhub

कृषाको ‘जहाजैमा’ अलपत्र, घोषणा गरिन् ‘पारस’


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘जहाजैमा’मा अलपत्र पारेर निर्देशक कृषा चौलागाईंले नयाँ फिल्म ‘पारस’ निर्मााणको घोषणा गरेकी छन् । उनले आफ्नो जन्म दिन पारेर बिहीबार यो फिल्मको घोषणा गरेकी हुन् ।

गत वर्षको चैतमा अन्तिममा कृषाको निर्देशन रहेको फिल्म ‘पिताम्बर’ प्रदर्शनमा आएको थियो । गत जेठमा उनले फिल्म ‘जहाजैमा’ निर्माण घोषणा गरेकी थिइन् ।

यो फिल्ममा कलाकार अनुबन्धको विषयलाई कृषाको टिमले निकै प्राथमिकताका साथ प्रचार गरेको थियो । तर, आन्तिरिक कारणले ‘जहाजैमा’ तत्काल नबन्ने भएको बुझिएको छ । यस फिल्मबाट नायक सौगात मल्ल बाहिरिएका छन । अन्य कलाकारहरु पनि फिल्म छोड्ने तयारीमा रहेको बुझिएको छ ।

यहीबीचमा कृषाले ‘पारस’ घोषणा गरेपछि ‘जहाजैमा’ तत्काल नबन्ने प्रष्ट भएको छ । यसको छायाङ्नक फागुनबाट सुरु हुने बताइएको छ ।

कृषाका अनुसार ‘पारस’ एक्सन र लभस्टोरीको मिश्रण हो । कलाकार चाँडै चयन गरेर सार्वजनिक गर्ने उनले बताइन् ।

केपी फिल्मस्को ब्यानरमा बन्ने यस फिल्मको निर्माता कृषाकै भाइ विशाल चौलागाईं हुन् ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १ : १० बजे

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ

भोजपुरकाे भुल्केमा पानीको समस्या अन्त्य

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न