पञ्चाङ्ग निर्णायक विकास समितिको अध्यक्षमा प्रा शम्भु ढकाल « Khabarhub

पञ्चाङ्ग निर्णायक विकास समितिको अध्यक्षमा प्रा शम्भु ढकाल


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा नयाँ पदाधिकारी नियुक्त गरेको छ ।

संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार मन्त्रीस्तरीय निर्णय गरी समितिको अध्यक्षमा प्रा शम्भुप्रसाद ढकाललाई जिम्मेवारी दिएका हुन्। यसैगरी समितिका सदस्यमा धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई, ज्योतिषी रतिदेवी श्रेष्ठ र ज्योतिष विषयका उपप्राध्यापक आर्यावर्त पात्रो ९पञ्चाङ्ग० का पञ्चाङ्गकार नारायणप्रसाद निरौलालाई नियुक्त गरेको समितिले जनाएको छ ।

समितिको सदस्यमा ज्योतिष लक्ष्मणप्रसाद पन्थीको पदावधि भने बाँकी नै रहेको छ । समितिका नव नियुक्त अध्यक्ष र सदस्यलाई आजै समितिको कार्यालय नारायणहिटी दरबार सङ्ग्रहालयमा स्वागत गर्ने कार्यक्रम रहेको वरिष्ठ प्रशासन सहायक खिलहरि घिमिरेले जानकारी दिए ।

अध्यक्ष र सदस्यहरुलाई चार वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो । समितिमा यसअघि प्रा श्रीकृष्ण अधिकारी नेतृत्वको समूह रहेको थियो । अधिकारी नेतृत्वको समितिको कार्यकाल गत असार २३ गते सकिएको हो । समितिको कार्यकारी निर्देशक भने नियुक्त गर्न बाँकी रहेको छ । कार्यकारी निर्देशक भने खुला प्रतिष्पर्धाबाट नियुक्तिको प्रक्रिया चलिरहेको छ । त्यसमा तीन जनाले आवेदन दिएको पनि समितिले जनाएको छ ।

मन्त्रिपरिषद्ले २०७७ पुस २० गते स्वीकृत गरेको समितिको गठन आदेश अनुसार चाड, पर्व, मुहूर्त, साइत, धर्म, संस्कृति लगायतका बारेमा निर्णय गर्ने र प्रत्येक वर्ष प्रकाशन हुने नयाँ पात्रो ९पञ्चाङ्ग० तथा भित्तेपात्रो ९क्यालेण्डर० लाई स्वीकृति दिने मुख्य काम समितिलाई दिइएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १२ : ३२ बजे

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा