लेखजंगको उम्मेदवारी तलमाथि नहुने « Khabarhub

लेखजंगको उम्मेदवारी तलमाथि नहुने


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ मा हुन गइरहेको प्रतिनिधि सभा उपनिर्वाचनका लागि अघि सारेका डा. लेखजंग थापाको उम्मेदवारीबारे सामाजिक सञ्जालमा चर्चा चुलिएको छ । 

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले गत साउन ४ गते जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको प्रावधानलाई हेरेर सामाजिक सञ्जालमा थापाको उम्मेदवारीबारे चर्चा चलिरहेको हो ।  

प्रदेश सभा निर्वाचन २०७९ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा समावेश गरिएको नाम यथावत रहेका कारण उनी आगामी कात्तिक १७ गतेका लागि तय भएको उपनिर्वाचनमा उम्मेदवार बन्न नपाउने देखिएको हो । 
 
उक्त विज्ञप्तिमा ‘प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार बन्न नपाउने व्यवस्था रहेको’ उल्लेख छ । 

त्यही बुँदालाई ‘हाइलाइट’ गरेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरू बिहीबार बिहानैबाट थापाको तस्बिर राखेर उम्मेदवारीबारे प्रश्न गरिरहेका छन् । थापाको नाम नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रदेश सभा सदस्य निर्वाचन २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा समावेश थियो । 

हेर्नुहोस् सूची– 


नागरिक उन्मुक्ति पार्टीका महासचिव ठाकुरसिंह थारूले थापाको नाम बन्दसूचीबाट फिर्ता लिएको बारे आफूलाई जानकारी नरहेको प्रतिक्रिया दिएका छन् । ‘उहाँको नाम हाम्रो पार्टीले नै बन्दसूचीबाट फिर्ता लिनुपर्छ । तर, अहिलेसम्म फिर्ता लिएको जानकारी छैन,’ उनले खबरहबसँग भने ।  

तर, निर्वाचन आयोगले भने रास्वपाले अघि सारेका उम्मेदवार थापाको नाममा कुनै समस्या नरहेको बताएको छ । प्रदेश सभा निर्वाचन २०७९ मो समानुपातिक प्रणालीतर्फ बन्दसूचीमा समावेश नाम फिर्ता भइसकेको आयोगको भनाइ छ । 

आयोगका सूचना अधिकारी सुमन घिमिरेले थापाको नाम गत साउन २० गतेको बैठकले बन्दसूचीबाट हटाइसकेको जानकारी दिए । ‘साउन १५ गते प्रस्ताव आएको थियो । साउन २० गते बसेको बैठकले उहाँ (थापा)को नाम बन्दसूचीबाट हटाउने निर्णय गरिसकेको छ,’ उनले भने । 

यद्यपि, थापाको नाम अहिले पनि आयोगको वेबसाइटमा हेर्न भने सकिन्छ । यसबारे राखिएको जिज्ञासामा सूचना अधिकारी घिमिरेले प्रविधि शाखामा बुझ्नुपर्ने प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १२ : २२ बजे

तमु ल्होसारले सद्भावलाई थप प्रगाढ बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसारले परस्पर आत्मियता, भाइचारा, मेलमिलाप

नेपालगञ्ज भन्सारबाट पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

बाँके– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

संस्कृतिले राष्ट्रिय एकताको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउँछ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मौलिक पर्वले

ट्याङ्कर दुर्घटना हुँदा महेन्द्र राजमार्ग अवरुद्ध

रौतहट– पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक आज

व्यक्तिगत लाभभन्दा माथि उठेर रास्वपासँग एकता : कुलमान

काठमाडौं – कुलमान घिसिङले व्यक्तिगत लाभमन्दा माथि उठेर उज्यालो नेपाल