पुटिन बोले : ट्रम्पले भारत–चीनलाई धम्क्याउन बन्द गरून्, ट्यारिफले कोही डराउँदैन « Khabarhub

पुटिन बोले : ट्रम्पले भारत–चीनलाई धम्क्याउन बन्द गरून्, ट्यारिफले कोही डराउँदैन


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भारत र चीनलाई ट्यारिफको नाममा धम्क्याउने काम रोक्न चेतावनी दिएका छन्।

उनले भारत र चीन दुवै देशहरू धम्कीबाट डराउने राष्ट्रहरू नभएका पनि बताएका छन् । चीनको भिक्ट्री डे परेडमा सहभागी भएपछि बुधबार मिडियासँग कुरा गर्दै पुटिनले भने, ‘ट्रम्प भारत वा चीनसँग यस किसिमले कुरा गर्न सक्दैनन्।’

रूसी राष्ट्रपति पुटिनले भारत र चीनको इतिहास कयौँ आक्रमणहरूले भरिएको पनि बताए । यदि यी देशका नेताले कमजोरी देखाए भने उनको राजनीतिक करिअर समाप्त हुने पनि बताएका छन् ।

ट्रम्पले पटक–पटक आरोप लगाउँदै तेल खरिद गरेर भारतले युक्रेन युद्धमा रूसलाई साथ दिइरहेको बताइरहेका छन् । ट्रम्पले आफ्नो ट्यारिफलाई युद्ध रोक्ने हतियारका रूपमा प्रस्तुत गर्दै आएका छन्।

ट्रम्पले बुधबार द स्कट जेनिङ्स रेडियो शोमा ट्यारिफ नीतिले अमेरिकालाई शक्ति दिने बताएका थिए। उनले ट्यारिफलाई ‘जादुयुक्त हतियार’ भन्दै यसकै कारण सातवटा युद्ध रोकिएको दाबी गरे।

पुटिनको जवाफ – ट्रम्प रूढीवादी मानसिकता भएका व्यक्ति

पुटिनले अमेरिकाको रवैयालाई पुरानो र रूढीवादी मानसिकता भएको बताए। उनले भने, ‘औपनिवेशिक युग समाप्त भइसकेको छ। अमेरिका आफ्ना साझेदारहरूसँग यस्तो भाषामा कुरा गर्न सक्दैन भन्ने बुझ्नुपर्नेछ।’

तर उनले भविष्यमा तनाव घटेर सामान्य राजनीतिक संवाद फेरि सुरु हुने बताएका छन् ।

पुटिनको टिप्पणी त्यस्तो बेला आएको हो, जब भारत रूसी तेल किन्ने कारण अमेरिकाको ट्यारिफको दबाबमा थियो । चीन-अमेरिकासँग व्यापार युद्धमा अल्झिएको छ।

सेप्टेम्बर १ मा चीनको थियान्चनिमा सांघाई सहयोग संगठनको बैठक भएको थियो। बैठकअघि भएको फोटो सेसनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति पुटिन एकसाथ देखिए।

तीनै नेताहरूलाई हात समात्दै आपसी मित्रताको संकेत गरेको देखिएको थियो । जसले अमेरिकालाई असहज बनाएको बताइएको छ।

प्रधानमन्त्री मोदीले रूसलाई ‘विशेष र विश्वसनीय साझेदार’ भनेका थिए। चिनियाँ राष्ट्रपति सी जिनपिङले भने दुनियाका दुई सबैभन्दा बढी जनसंख्या भएका मुलुकहरूबीच मित्रता हुनु आवश्यक रहेको बताएका थिए ।

मोदी–पुटिन कारभित्र १ घण्टा गोप्य वार्ता

एससीओ शिखर सम्मेलनपछि मोदी र पुटिनबीच द्विपक्षीय वार्ता भएको थियो। पुटिनले आफ्नो लक्जरी कार एयुआरयुएस लिमोजिनमा मोदीलाई साथमा राखी यात्रा गराएका थिए।

बाटोभरर दुवै नेताबीच वान–टु–वान वार्ता भयो। होटल पुगेपछि पनि उनीहरू तुरुन्तै कारबाट नउत्री लगभग ५० मिनेटसम्म कुराकानी जारी राखेका थिए।

पुटिनले मोदीलाई अलास्कामा ट्रम्पसँग भएको भेटवार्ताबारे जानकारी दिएका थिए। तर उनले विस्तृत खुलासा गर्न अस्वीकार गरेका थिए।

मस्कोका राजनीतिक विश्लेषकहरूका अनुसार कारभित्र भएको यो वार्ता दुवै नेताबीच महत्वपूर्ण र गोप्य संवाद थियो, जसमा सार्वजनिक रूपमा बोल्न नसकिने विषयहरू छलफल भएका थिए।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १२ : ३७ बजे

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा

घुससहित भन्सार अधिकृत पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक

काठमाडौँ महानगरलाई निर्वाचन आयोगले किन सोध्यो स्पष्टीकरण ?

काठमाडौं- निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ । आयोगले

ओलीका चुनावी कमाण्डर दाहालले भने : यो निर्वाचन देश जलाउने र बनाउने बीचको हो

गौरीगञ्ज – नेकपा एमालेका केन्द्रिय सदस्य तथा झापा निर्वाचन क्षेत्र