सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोधमा उत्रियो महासंघ « Khabarhub

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोधमा उत्रियो महासंघ


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असहमति जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले बिहीबार जारी विज्ञप्तिमा दर्ता वा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने भन्दै आपत्ति प्रकट गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्दा नागरिकको सूचनाको हक प्रभावित हुन सक्ने पक्षलाई सरकारले ध्यान दिन नसकेकोमा महासंघ आश्चर्य प्रकट गर्दछ।’

महासंघले सामाजिक सञ्जाल नियमनको पक्षमा आफूहरू रहेको तर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रभावित हुने गरी कुनै पनि माध्यम नियन्त्रण गर्ने कदमलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ।

महासंघले नागरिकको सूचनाको हक र प्रेस स्वतन्त्रताको सम्मान गर्दै तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन सरकारसँग माग गरेको छ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ४ : ५९ बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको