एनएमबि बैंकका कर्मचारी र ग्राहकलाई बुटवल हस्पिटलमा १५ प्रतिशत छुट  « Khabarhub

एनएमबि बैंकका कर्मचारी र ग्राहकलाई बुटवल हस्पिटलमा १५ प्रतिशत छुट 


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबि बैंकका कर्मचारी र ग्राहकहरूले बुटवल हस्पिटलबाट प्राप्त गर्ने सेवामा छुट पाउन सक्ने भएका छन्  ।  एनएमबि बैंक र बुटवलस्थित बुटवल हस्पिटल प्रालिबीच सम्पन्न भएको सम्झौता बमोजिम सो छुट प्रदान गर्न लागिएको हो । 

सम्झौता अनुसार बैंकका कर्मचारी-परिवार एवं ग्राहकहरूले हस्पिटलले प्रदान गर्ने सेवाहरूमा विशेष छुट पाउनेछन् ।हस्पिटलले प्रदान गर्ने सेवाहरू बेड चार्ज, ल्याब टेस्ट, अप्रेसन चार्ज, युएसजि/इसिजि/इको/एक्स-रे, फजियोथ्रापी र मेडिसिनमा एनएमबि बैंकका कर्मचारी/परिवार र ग्राहकले ५ प्रतिशतदेखि १५ प्रतिशत सम्म छुट पाउनेछन् ।  

सम्झौताले बैंक कर्मचारी/परिवार तथा ग्राहकहरूलाई उपचारको क्रममा राहत हुने बैंकले विश्वास लिएको छ । सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्नु प्रसाद पौडेलले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट रकम भुक्तानी गर्नुपर्नेछ । भुक्तानीको लागि एनएमबि बैंकको एटिएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग,  मोबाइल बैकिङ्ग, कर्पोरेट पे, आइपिस, क्यु आर कोड  प्रयोग गर्नुपर्नेछ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ५ : १४ बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको