नेपाल र बङ्गलादेशबीच हुने खेलको तयारी पूरा « Khabarhub

नेपाल र बङ्गलादेशबीच हुने खेलको तयारी पूरा


१९ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोली र बङ्गलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच हुने मैत्रीपूर्ण खेलका लागि सबै तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ(एन्फा) ले जनाएको छ । 

यही भदौ २१ र २४ गते हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि सम्पूर्ण तयारी पूरा भएको एन्फाका प्रवक्ता सुरेश शाहले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताका दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ः३० बजेदेखि हुनेछ । 

उक्त खेलका लागि बङ्गलादेशको राष्ट्रिय फुटबल टोली यही भदौ १८ गते नै नेपाल आइसकेको छ । बङ्गलादेशी टोलीलाई अभ्यासका लागि भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र ललितपुरको च्यासलस्थित च्यासल रङ्गशालाको मैदानको व्यवस्था गरिएको एन्फाले जनाएको छ । 

प्रतियोगिताको मार्केटिङ र डिजिटल अधिकार एडी रिलिज प्राइभेट लिमिटेडलाई प्रदान गरेको प्रवक्ता शाहले जानकारी दिए । उक्त खेलका लागि भिआइपी प्याराफिटतर्फ एक हजार र साधारण प्याराफिटर्फ पाँच सय टिकट दर निर्धारण गरिएको छ ।

दुवै खेलको समग्र विजेतालाई ट्रफी र पदक प्रदान गरिने एन्फाले जनाएको छ । यदि दुवै खेलबाट नतिजा नआएमा दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता तय हुनेछ । उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु एक करोड २७ लाख ५८ हजार एक सय ६८ खर्च लाग्ने आयोजकको भनाइ छ ।  

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ५ : ४२ बजे

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा