अर्थसंक्षेप : भारतमा घटयो वस्तु सेवा कर, विकास बैंक र वित्त कम्पनीका सिइओसँग राष्ट्र बैंकको अन्तरक्रिया र साढे ६ अंकले घट्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : भारतमा घटयो वस्तु सेवा कर, विकास बैंक र वित्त कम्पनीका सिइओसँग राष्ट्र बैंकको अन्तरक्रिया र साढे ६ अंकले घट्यो नेप्से


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

साढे ६ अंकले घट्यो नेप्से, कारोबारमा केही सुधार

बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.५५ अंकले घटेको छ । नेप्से ०.२४ प्रतिशतले घटेर २७१९.७७ विन्दुमा आएको छ ।

बिहीबार ५ अर्ब १४ करोड ४३ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा ८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१७ वटा कम्पनी कारोबार हुँदा ६९ हजार २४ पटक शेयर कारोबार भएको छ ।

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौंबीच साझेदारी 

उपकार लघुवित्तको संस्थापक सेयर बिक्रीमा 

भारतमा वस्तु सेवा करमा भारी कटौती, नेपालमा कस्तो प्रभाव पर्ला ?

बुधबारदेखि भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी)मा भारी कटौती गरेको छ । सेप्टेम्बर २२ देखि लागू हुनेगरि ल्याइएको नयाँ जीएसटी दरमा विभिन्न सयौँ वस्तुमाथि लाग्ने करलाई शून्य बनाइएको छ भने अधिकांश वस्तुमाथिको करलाई आधा भन्दा बढीले कटौती गरिएको छ ।

भारतले विभिन्न वस्तुमा ५, १२, १८ र २८ प्रतिशतसम्म जीएसटी लगाउँदै आएको थियो । पछिल्लो संशोधनमार्फत अधिकांश वस्तुमा लगाइएको करमा कटौती गरेको छ भने चुरोट तथा टोबाकोमा लाग्ने वृद्धि गरेको छ ।

कुन वस्तुमा कस्तो कर ?

उच्च तापक्रममा राखिएको दूध, पनिर, चना, परौठा, भारतीय रोटी, दर्जनौँ प्रकारका औषधी, कापी, पेन्सिल लगायतका वस्तुमा लगाइएको जीएसटी करलाई शून्यमा झारिएको छ । अधिकांश वस्तुमाथि लगाइएको १८ प्रतिशत जीएसटी पाँच प्रतिशतमा झारिएको छ ।

काठमाडौंमा एक्स ओ क्लबको उद्घाटन

एनआईसी एशियाका ग्राहकलाई स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा १५ प्रतिशत छुट 

बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

विकास बैंक र वित्त कम्पनीका सिइओसँग राष्ट्र बैंकको अन्तरक्रिया

नेपाल राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरुसँग अन्तरक्रिया भएको छ ।

’संस्थाको जोखिम तथा कर्जाको गुणस्तर व्यवस्थापन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

नेपाल लाइफ क्यापिटलले असोज १० गते साधारणसभा गर्ने 

जोशी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन 

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ७ : ०० बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको