अर्थसंक्षेप : भारतमा घटयो वस्तु सेवा कर, विकास बैंक र वित्त कम्पनीका सिइओसँग राष्ट्र बैंकको अन्तरक्रिया र साढे ६ अंकले घट्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : भारतमा घटयो वस्तु सेवा कर, विकास बैंक र वित्त कम्पनीका सिइओसँग राष्ट्र बैंकको अन्तरक्रिया र साढे ६ अंकले घट्यो नेप्से


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

साढे ६ अंकले घट्यो नेप्से, कारोबारमा केही सुधार

बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.५५ अंकले घटेको छ । नेप्से ०.२४ प्रतिशतले घटेर २७१९.७७ विन्दुमा आएको छ ।

बिहीबार ५ अर्ब १४ करोड ४३ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा ८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१७ वटा कम्पनी कारोबार हुँदा ६९ हजार २४ पटक शेयर कारोबार भएको छ ।

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौंबीच साझेदारी 

उपकार लघुवित्तको संस्थापक सेयर बिक्रीमा 

भारतमा वस्तु सेवा करमा भारी कटौती, नेपालमा कस्तो प्रभाव पर्ला ?

बुधबारदेखि भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी)मा भारी कटौती गरेको छ । सेप्टेम्बर २२ देखि लागू हुनेगरि ल्याइएको नयाँ जीएसटी दरमा विभिन्न सयौँ वस्तुमाथि लाग्ने करलाई शून्य बनाइएको छ भने अधिकांश वस्तुमाथिको करलाई आधा भन्दा बढीले कटौती गरिएको छ ।

भारतले विभिन्न वस्तुमा ५, १२, १८ र २८ प्रतिशतसम्म जीएसटी लगाउँदै आएको थियो । पछिल्लो संशोधनमार्फत अधिकांश वस्तुमा लगाइएको करमा कटौती गरेको छ भने चुरोट तथा टोबाकोमा लाग्ने वृद्धि गरेको छ ।

कुन वस्तुमा कस्तो कर ?

उच्च तापक्रममा राखिएको दूध, पनिर, चना, परौठा, भारतीय रोटी, दर्जनौँ प्रकारका औषधी, कापी, पेन्सिल लगायतका वस्तुमा लगाइएको जीएसटी करलाई शून्यमा झारिएको छ । अधिकांश वस्तुमाथि लगाइएको १८ प्रतिशत जीएसटी पाँच प्रतिशतमा झारिएको छ ।

काठमाडौंमा एक्स ओ क्लबको उद्घाटन

एनआईसी एशियाका ग्राहकलाई स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा १५ प्रतिशत छुट 

बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

विकास बैंक र वित्त कम्पनीका सिइओसँग राष्ट्र बैंकको अन्तरक्रिया

नेपाल राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरुसँग अन्तरक्रिया भएको छ ।

’संस्थाको जोखिम तथा कर्जाको गुणस्तर व्यवस्थापन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

नेपाल लाइफ क्यापिटलले असोज १० गते साधारणसभा गर्ने 

जोशी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन 

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ७ : ०० बजे

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का