सामाजिक सञ्जाल बन्द गर्ने एनसेलको घोषणा « Khabarhub

सामाजिक सञ्जाल बन्द गर्ने एनसेलको घोषणा


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै एनसेलले आफ्नो डाटा प्रणालीबाट ती सामाजिक सञ्जालहरु नेपालमा नचल्ने घोषणा गरेको छ ।

एनसेल आजियाटा लिमिटेड लैनचौरले विहीबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णयउ अनुसार तोकिएका सामाजिक सञ्जालहरु बन्द हुने घोषणा गरेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को भदौ ९ को निर्णय, सञ्चार मन्त्रालयको भदौ १९ को निर्णय र सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, ०८० बमोजिम नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु निष्क्रिय गर्नका लागि कम्पनीलाई निर्देशन दिएको विज्ञप्तिमा जनाइएको छ ।

सरकारको उक्त निर्देशनबमोजिम एनसेलको इन्टरनेट सेवाबाट पनि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु नचल्ने अग्रिम जानकारी गराउँदै एनसेलले भनेको छ, ‘यसबाट पर्न जाने असुविधा प्रति हामी क्षमाप्रार्थी छौं ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यद्यपि टिकटक र भाइबर लगायत अन्य दर्ता भईसकेका सामाजिक सञ्जाल प्लेटफर्महरु भने एनसेलको डाटा सेवामार्फत चलाउन सकिने व्यहोरा जानकारी गराउँदछौं ।’

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ७ : ३६ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा