ओलीसहितलाई एमाले काठमाडौंका अध्यक्षको म्यासेज : विद्यालाई पाखा लगाए मिसन ०८४ सपना मात्रै « Khabarhub

ओलीसहितलाई एमाले काठमाडौंका अध्यक्षको म्यासेज : विद्यालाई पाखा लगाए मिसन ०८४ सपना मात्रै


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का काठमाडाैं जिल्ला अध्यक्ष दीपक निरौलाले पूर्वराष्ट्रपति तथा एमालेका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टी बाहिर राखिए मिसन ८४ सपना मात्रै हुने बताएका छन् ।

एमालेकी पूर्वउपाध्यक्ष भण्डारीको सदस्यता नवीकरण नगर्ने कुराले पार्टी विभाजन नगरे पनि मिसन ०८४ सपना मात्रै हुने उनले बताएका छन् ।

शुक्रबारबाट सुरु हुने पार्टीको दोस्रो विधान महाधिवेशनअघि सचिवालयको बैठक बसेका बेला अध्यक्ष केपी शर्मा ओलीसहित १९ नेतालाई म्यासेज पठाउँदै निरौलाले यस्तो भनेका हुन् ।

उनले लेखेका छन्, ‘भण्डारीको सदस्यता नवीकरण नगर्ने कुराले पार्टी विभाजन हुन्छ भन्ने होइन र हुँदैन । तर मिसन ०८४ सपना मात्रै हुन्छ । अन्यथा नलागोस्, प्रकृति सुल्टो गतिमा हिँडे तपाईँपछिको पुस्तामा खुसी आउने छैन।’

उनले २०६४ सालमा पार्टी जीवनको प्रजातान्त्रीकरण सम्बन्धी प्रस्ताव केपी ओलीको संयोजकत्वमा गठित कार्यदलले दिएको सुझाव अध्ययन गर्न आग्रह गरेका छन्।

अध्यक्ष निरौलालका ५ प्रश्न

१. गणतन्त्रका लागि विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने भनिरहँदा सोच्नुस् राजा फर्काउने आन्दोलनका नायक भनिने पात्रहरू एमालेको राजनैतिक नियुक्तिहरूमा थिए कि थिएनन् ?

२. समानुपातिक कोटामा एकनाथ एमालेबाट संसद्मा प्रतिनिधित्व गरे के उनी एमाले हुन् ? कति मत आयो एमालेलाई ?

३. मकवानपुरमा कमल थापा सूर्य चिन्हका प्रतिनिधि थिए । हिजो र आजको भूमिका हेरौँ । गणतन्त्र केले सबल बनाएको छ ?

४. राजेन्द्र लिङ्देन हामीले जिताएका अध्यक्ष भनिरहनु भएको छ, अब भन्नुस् र सोच्नुस् कुन आन्दोलनलाई बलियो बनायो ?

५. काठमाडौँका दुई क्षेत्रमा राप्रपासँग सहकार्य गर्ने प्रस्ताव मैले गरेँ, तर अनुमति मिलेन । आज काठमाडौँलाई आलोचनँ गरेर तपाईँहरू उम्कन सक्नुहुन्छ ?

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १० : ०० बजे

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र