आज २०८२ साल असोज १८ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल असोज १८ गते शनिबारको राशिफल


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज १८ गते शनिबार। आश्विन शुक्ल पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ अक्टोबर ४ तारिख। विश्व पशु दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। यात्रा सफल बन्नेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। ऋणको भार कम हुँदै जानेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। बन्धुसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीति र शिक्षामा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। विदेशी रमझमले मन आकर्षित गर्ने योग रहेको छ।

मिथुन : दिन सामान्य छ। श्रम शोषण हुनेछ। अरुको सेवा गर्ने बानीले स्वास्थ्यमा गम्भीर संकट आइपर्ने जोखिम छ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने छ।

कर्कट : दिन सामान्य छ। आफ्नो मूल्यांकन गर्न नसक्दा हरेक काममा अवरोध हुनेछ। सामाजिक काममा आंशिक फाइदा हुनेछ। संकटमा परिवारको साथ र सहयोग भने प्राप्त हुनेछ।

सिंह : दिन सामान्य छ। मनमा चिन्ता बढ्नेछ। सञ्चित धन खर्च हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारको योग छ। परिवारभित्र आफ्ना योजना नसुनाउनु फाइदा हुनेछ।

कन्या : दिन राम्रो छ। कृषिको व्यापारबाट नाफा हुनेछ। निजी क्षेत्रको शिक्षामा प्रगति हुनेछ। हरेक काममा प्रशंसा प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

तुला : दिन सामान्य छ। दाम्पत्य जीवनमा खटपटी बढ्नेछ। जागिरमा समस्या हुनेछ। परिवारसँग मनमुटाव बढ्ने दिन छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ।

वृश्चिक : दिन राम्रो छ। सहकर्मीसँगको सहकार्यले उचाइ बढ्नेछ। शिक्षामा गरेको लगानीको उचित मूल्यांकन हुनेछ। विपक्षीको विवादको फाइदा तपाईंलाई हुनेछ।

धनु : दिन सामान्य छ। आज गरेको लगानी डुब्ने जोखिम छ। लगानी गर्नु अगाडि तीन पटक सोच्नु उचित हुन्छ। परिवारले शंका गर्ने भएकाले बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

मकर : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। निजी क्षेत्रमा भन्दा सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारको साथ प्राप्त हुनेछ। कार्यगत एकता गरेर गरेको कामबाट फाइदा हुने येग छ।

कुम्भ : दिन सामान्य छ। सोचेको काम बन्ने योग छ। सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्ने हिम्मत गर्नुपर्ने देखिन्छ। रमाइलो गर्ने नाममा स्वास्थ्यमा ख्याल नगरे जोखिम बढ्ने खतरा छ।

मीन : दिन सामान्य छ। मध्य साढेसाती दशा भएकाले आफ्नो मूल्यांकन गर्न नसक्दा हरेक काममा अवरोध हुनेछ। सामाजिक काममा आंशिक फाइदा हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ५ : ०३ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको