एमाले सचिवालय बैठक सर्‍यो « Khabarhub

एमाले सचिवालय बैठक सर्‍यो


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक सरेको छ । आइतबार बस्ने भनिएको पार्टीको ५८औँ सचिवालय बैठक अब आगामी शुक्रबार बस्ने तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

अविरल वर्षाका कारण बाढीपहिरो र डुबान भएकाले बैठक सारिएको उनले बताए । एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौँमा बस्ने गरी तय गरिएको छ ।

कार्यालय सचिव डा अधिकारीका अनुसार सचिवालय बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने छ । यसअघि असोज १२ गते एमालेको सचिवालय बैठक बसेको थियो ।

यसैबीच पार्टी महासचिव शङ्कर पोखरेलले आज सन्देश जारी गरी वर्षाका कारण बाढीपहिरो र डुबानमा राज्यका निकायसँग सहकार्य गरी उद्धारमा खट्न नेता कार्यकर्तालाई अनुरोध गरेका छन् ।

“भारी वर्षाका कारण बाढीपहिरो र डुबान जस्ता विपद् आउन सक्ने सम्भावना भएकाले सबैलाई पूर्वतयारीमा रहन अनुरोध गर्दछौँ । साथै, आवश्यकताअनुसार राज्यका निकायसँग सहकार्य गर्न स्थानीय पार्टी कमिटीलाई विशेष अनुरोध छ”, उनले भनेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ८ : २२ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा