पदयात्रा गर्दा उच्च सतर्कता अपनाउन मनाङ प्रशासनको आग्रह « Khabarhub

पदयात्रा गर्दा उच्च सतर्कता अपनाउन मनाङ प्रशासनको आग्रह


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मनाङ- जिल्ला प्रशासन कार्यालय मनाङले निरन्तर वर्षा भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गरी पदयात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज एक सूचना जारी गरी प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले शुक्रबार रातिदेखि परिरहेको अविरल वर्षाका कारण उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

“वर्षातका कारण उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस जिल्ला वा यहाँबाट गरिने थोराङ्लापास, लार्केपास, कालापास, लमजुङ हिमाल आरोहणका साथै तिलिचो ताल, आइसलेकलगायतका स्थानको पदयात्रामा उच्च सतर्कता अपनाउन जिल्ला सुरक्षा समिति मनाङ सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकमा अनुरोध गर्दछ’, सूचनामा भनिएको छ ।

माथिल्लो मनाङमा विपद् पुर्वतयारी र उद्धारको लागि आवश्यक उद्धार उपकरण, आवश्यक स्वास्थ्य समाग्री, स्वास्थ्यकर्मीसहितको सुरक्षाका लागि थप जनशक्तिसमेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए । साथै, पदयात्रामा निस्कनुअघि वा पदयात्राका क्रममा कुनै विपद्जन्य घटना भएमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाई वा सुरक्षा निकाय, स्थानीय प्रशासनमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यसैबीच आगामी तीन दिनका लागि चामे—बेशिसहर सडक खण्ड बन्द गरिएको पनि कार्यालयले जनाएको छ । निरन्तरको वर्षापछिको जोखिमलाई ध्यान दिँदै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार २० गतेसम्मका लागि सडक बन्द गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ११ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै