पदयात्रा गर्दा उच्च सतर्कता अपनाउन मनाङ प्रशासनको आग्रह « Khabarhub

पदयात्रा गर्दा उच्च सतर्कता अपनाउन मनाङ प्रशासनको आग्रह


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मनाङ- जिल्ला प्रशासन कार्यालय मनाङले निरन्तर वर्षा भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गरी पदयात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज एक सूचना जारी गरी प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले शुक्रबार रातिदेखि परिरहेको अविरल वर्षाका कारण उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

“वर्षातका कारण उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस जिल्ला वा यहाँबाट गरिने थोराङ्लापास, लार्केपास, कालापास, लमजुङ हिमाल आरोहणका साथै तिलिचो ताल, आइसलेकलगायतका स्थानको पदयात्रामा उच्च सतर्कता अपनाउन जिल्ला सुरक्षा समिति मनाङ सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकमा अनुरोध गर्दछ’, सूचनामा भनिएको छ ।

माथिल्लो मनाङमा विपद् पुर्वतयारी र उद्धारको लागि आवश्यक उद्धार उपकरण, आवश्यक स्वास्थ्य समाग्री, स्वास्थ्यकर्मीसहितको सुरक्षाका लागि थप जनशक्तिसमेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए । साथै, पदयात्रामा निस्कनुअघि वा पदयात्राका क्रममा कुनै विपद्जन्य घटना भएमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाई वा सुरक्षा निकाय, स्थानीय प्रशासनमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यसैबीच आगामी तीन दिनका लागि चामे—बेशिसहर सडक खण्ड बन्द गरिएको पनि कार्यालयले जनाएको छ । निरन्तरको वर्षापछिको जोखिमलाई ध्यान दिँदै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार २० गतेसम्मका लागि सडक बन्द गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ११ : ०१ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा