विभिन्न पार्टीद्वारा नेता कार्यकर्तालाई राहत तथा उद्धारमा खट्न आग्रह « Khabarhub

विभिन्न पार्टीद्वारा नेता कार्यकर्तालाई राहत तथा उद्धारमा खट्न आग्रह


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निरन्तरको वर्षापछि उत्पन्न विपद्को अवस्थामा उद्धार तथा सहयोगका लाग्न विभिन्न पार्टीले आग्रह गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले राजनीतिक दल, सामाजिक संघ–संस्था तथा नागरिक समाजलाई विपद्का समयमा एकताबद्ध भएर उद्धार र राहत कार्यमा जुट्न अपिल गरेका छन् ।

अध्यक्ष दाहालले आज विज्ञप्ति जारी गरी मुलुकले सामना गरिरहेको विपदमा तीनै तहका सरकारलाई युद्धस्तरमा समन्वय र नेतृत्व गर्न तथा त्यसमा सहयोग गर्न पार्टीपङ्क्तिलगायत सबैलाई आग्रह गरेका हुन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उच्च जोखिममा रहेका जनताको उद्धार तथा सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् । उनले आज एक सन्देश जारी गर्दै विपदमा परेका जनतालाई आवश्यक सहायता उपलब्ध गराउन सरोकार भएका निकायलाई आग्रह गर्दै जोखिममा परेकाको उद्धार तथा क्षति न्यूनीकरणमा आवश्यक सहयोग गर्न नेता तथा कार्यकर्तालाई पनि आग्रह गरेका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पीडित नागरिकको उद्धार कार्यमा सक्रिय रुपमा जुट्न राप्रपाका सबै तहका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले वर्षातबाट पुग्न गएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै विपदको यस घडीमा आफू सुरक्षित रही उद्धारमा सक्रिय रहन सबैलाई आग्रह गरे ।

यसैगरी जनता समाजवादी पार्टी जसपाले पनि वर्षासँगको बाढीपहिरो तथा डुबानका कारण उत्पन्न विपद्को सामनाका लागि उद्धार, राहत तथा सहयोगमा जुट्न आग्रह गरेको छ ।

पार्टीका उपमहासचिव प्रदीप यादवले आज एक अपिल जारी गर्दै पार्टी नेता कार्यकर्तालाई आआफ्नो क्षेत्रमा विपद् न्यूनीकरण तथा उद्धारका काममा लाग्न आग्रह गरेका हुन् ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ११ : ०८ बजे

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

चितवन– गत भदौमा भएको जेन-जी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट

अनपेक्षित थिएन कप्तानगञ्ज घटना, कहाँ चुक्यो सुरक्षा संयन्त्र ?

काठमाडौं– सुनसरी जिल्लाको सुदूर दक्षिणी भेगमा धेरै गञ्जहरू छन् ।

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा

काठमाडौं– सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौं–  राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय