आज २०८२ साल कात्तिक १८ गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल कात्तिक १८ गते मंगलबारको राशिफल


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक १८ गते मंगबार। कात्तिक शुक्ल पक्षको चतुदर्शी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर ४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । खर्च बढ्नेछ । आफूले गरेका काममा पश्चाताप हुनेछ । शत्रु बढ्ने दिन छ । परिवारमा विश्वास गुम्न सक्छ । थोरै बेलेर अघि बढ्नु उपयुक्त हुन्छ ।

वृष : तपाईंका लागि आजको दिन सामान्य छ । परिवारमा कामको बोझ थपिनेछ । अनावश्यक खर्च बढ्नेछ । स्वास्थ्यले साथ दिए पनि काममा आलोचनाको सामना गर्नुपर्ने दिन छ ।

मिथुन : दिन राम्रो छ । बोलीका कारण काम बन्नेछन् । शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

कर्कट : सोचेर बोल्नुपर्ने दिन छ । परिवारभित्र खर्च बढ्नेछ । एउटै काम पटकपटक गर्नुपर्ने बाध्यता हुनसक्छ। शत्रु बढ्ने दिन छ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।

सिंह : दिन सामान्य छ । शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ । व्यापार व्यवसायमा घाटा हुनेछ । गोप्य तरिकाले गरेको कामबाट लाभ मिल्नेछ । योजना सार्वजनिक नगरी कार्यान्वयनमा अगाडि बढ्नु उचित हुन्छ ।

कन्या : दिन राम्रो छ । व्यापार व्यवसायमा फाइदा हुनेछ । शिक्षा, स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । पारिवारिक र सामाजिक क्षेत्रमा मानप्रतिष्ठा बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : दिन सामान्य राम्रो छ । धर्मकर्ममा मन जानेछ । साथीभाइसँग भेट हुनेछ । मान प्रतिष्ठा बढ्नेछ । सामाजिक क्षेत्रमा तपाईंको सम्मान बढ्नेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ ।

वृश्चिक : दिन राम्रो छ । डुब्न लागेको धन उठ्ने दिन रहेको छ । सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको पहुँच बढ्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ ।

धनु : दिन सामान्य छ । तपार्इंले गरेको कामको जस अरुले लिनेछन् । राजनीतिमा वितृष्णा बढ्नेछ । परिवारको साथ मिल्नेछ । स्वास्थ्यमा भने सुधारका संकेत देखिनेछन् ।

मकर : दिन राम्रो छ । सोचेको काम बन्दा मन प्रशन्न बन्नेछ । राजनीति र सामाजिक क्षेत्रमा मन जानेछ । रमाइलो घुमघामको योजना बन्ने योग छ । मनमा नयाँ अनुभव प्राप्त हुनेछन् ।

कुम्भ : दिन राम्रो छ । गुम्न लागेको सम्पत्ति हात लाग्ने छ । पठनपाठनमा मन जानेछ । स्वास्थ्यमा सुधार हुनेछ । पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहने छ ।

मीन : दिन राम्रो छ । मानसिक तनाव बढ्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ । बौद्धिक व्यक्तिसँग भेट गरेमा फाइदा हुनेछ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ५ : १५ बजे

माओवादीसहितलाई जसपा नेपालको चेतावनी : हाम्रो पाँच कुने तारा चिह्न अरूले प्रयोग नगरून्

काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले नेकपा माओवादी केन्द्रसहित

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल– दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि

महामन्त्री गगन थापाको चेतावनी : सुधार नगरे कांग्रेस इतिहासमा सीमित हुनेछ (दस्तावेजसहित)

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुधार नगरे पार्टी इतिहासमै

कोशी प्रदेश सभाको बैठक कृषि थोक बजार केन्द्रबाट सञ्चालन हुने

काठमाडौं– कोशी प्रदेश सभाको बैठक मोरङको कटहरी गाउँपालिका–१ स्थित फलफूल

जातीय विभेद अन्त्यको ‘रोडम्याप’ का विषयमा थाइल्यान्डमा छलफल

काठमाडौं– थाइल्याण्डको राजधानी बैंककमा जारी एशिया प्यासिफिक सोसल फोरममा एशिया