आज २०८२ साल कात्तिक १८ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल कात्तिक १८ गते मंगलबारको राशिफल


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक १८ गते मंगबार। कात्तिक शुक्ल पक्षको चतुदर्शी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर ४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । खर्च बढ्नेछ । आफूले गरेका काममा पश्चाताप हुनेछ । शत्रु बढ्ने दिन छ । परिवारमा विश्वास गुम्न सक्छ । थोरै बेलेर अघि बढ्नु उपयुक्त हुन्छ ।

वृष : तपाईंका लागि आजको दिन सामान्य छ । परिवारमा कामको बोझ थपिनेछ । अनावश्यक खर्च बढ्नेछ । स्वास्थ्यले साथ दिए पनि काममा आलोचनाको सामना गर्नुपर्ने दिन छ ।

मिथुन : दिन राम्रो छ । बोलीका कारण काम बन्नेछन् । शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

कर्कट : सोचेर बोल्नुपर्ने दिन छ । परिवारभित्र खर्च बढ्नेछ । एउटै काम पटकपटक गर्नुपर्ने बाध्यता हुनसक्छ। शत्रु बढ्ने दिन छ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।

सिंह : दिन सामान्य छ । शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ । व्यापार व्यवसायमा घाटा हुनेछ । गोप्य तरिकाले गरेको कामबाट लाभ मिल्नेछ । योजना सार्वजनिक नगरी कार्यान्वयनमा अगाडि बढ्नु उचित हुन्छ ।

कन्या : दिन राम्रो छ । व्यापार व्यवसायमा फाइदा हुनेछ । शिक्षा, स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । पारिवारिक र सामाजिक क्षेत्रमा मानप्रतिष्ठा बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : दिन सामान्य राम्रो छ । धर्मकर्ममा मन जानेछ । साथीभाइसँग भेट हुनेछ । मान प्रतिष्ठा बढ्नेछ । सामाजिक क्षेत्रमा तपाईंको सम्मान बढ्नेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ ।

वृश्चिक : दिन राम्रो छ । डुब्न लागेको धन उठ्ने दिन रहेको छ । सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको पहुँच बढ्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ ।

धनु : दिन सामान्य छ । तपार्इंले गरेको कामको जस अरुले लिनेछन् । राजनीतिमा वितृष्णा बढ्नेछ । परिवारको साथ मिल्नेछ । स्वास्थ्यमा भने सुधारका संकेत देखिनेछन् ।

मकर : दिन राम्रो छ । सोचेको काम बन्दा मन प्रशन्न बन्नेछ । राजनीति र सामाजिक क्षेत्रमा मन जानेछ । रमाइलो घुमघामको योजना बन्ने योग छ । मनमा नयाँ अनुभव प्राप्त हुनेछन् ।

कुम्भ : दिन राम्रो छ । गुम्न लागेको सम्पत्ति हात लाग्ने छ । पठनपाठनमा मन जानेछ । स्वास्थ्यमा सुधार हुनेछ । पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहने छ ।

मीन : दिन राम्रो छ । मानसिक तनाव बढ्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ । बौद्धिक व्यक्तिसँग भेट गरेमा फाइदा हुनेछ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ५ : १५ बजे

ग्यास वितरणमा गडबडीबारे सार्वजनिक बैठक गर्न सांसदको माग

काठमाडौं– रास्वपा सांसद बोध नारायण श्रेष्ठले एलपीजी ग्यासको वितरण प्रणालीमा

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै