प्रिमियर लिग : अग्रता जोगाउन नसक्दा सुन्दरल्याण्डसँग एभर्टन बराबरीमा रोकियो « Khabarhub

प्रिमियर लिग : अग्रता जोगाउन नसक्दा सुन्दरल्याण्डसँग एभर्टन बराबरीमा रोकियो


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा एभर्टन र सुन्दरल्याण्डले बराबरी खेलेका छन्। सुन्दरल्याण्डसँगको प्रतिस्पर्धामा एभर्टनले १–१ को बराबरी खेलेको हो।

खेलको १५ मिनेटमै इलिमान डियाएको गोलमा अग्रता लिएको एभर्टनले त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको हो।

पहिलो हाफमा १–० ले अगाडि रहेको एभर्टनविरुद्ध दोस्रो हाफको सुरुवातमै सुन्दरल्याण्डका ग्रानिट जाकाले बराबरी गोल फर्काए। त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो।

बराबरी खेलेसँगै दुवै टोलीले समान एकएक अंक बाँडेका छन्। लिगको तालिकामा सुन्दरल्याण्ड १८ अंकसहित चौथो स्थानमा छ भने एभर्टन १२ अंकसहित १४ औं स्थानमा छ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ७ : ०५ बजे

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन