सरसफाइमा लापरवाही देखिएपछि ओम अस्पतालको क्यान्टिन ७ दिनका लागि बन्द  « Khabarhub

सरसफाइमा लापरवाही देखिएपछि ओम अस्पतालको क्यान्टिन ७ दिनका लागि बन्द 


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरसफाइमा लापरवाही गरेको भन्दै काठमाडौंको चाबहिलस्थित ओम अस्पतालको क्यान्टिन ७ दिनका लागि बन्द गराइएको छ । 

काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौँका विभिन्न अस्पतालका क्यान्टिनहरूमा खाद्य स्वच्छता अनुगमन गर्ने क्रममा ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरवाही देखिएपछि मर्मत र सम्पूर्ण सुरक्षा अपनाएपछि मात्र सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । 

हेल्दी बाइट्स सर्भिसेज् प्रा.लि.द्वारा सञ्चालन भइरहेको उक्त क्यान्टिनमा खाद्य रंगको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य वस्तु, अस्वस्छ वातावरण, पेष्ट कन्ट्रोल (किटनाशक नियन्त्रण)  व्यवस्था सन्तोषजनक नरहेको, लेबल विवरण नदेखिएका खाद्य वस्तु प्रयोग गरिएको लगायत अनियमितता भेटिएका अनुगमन टोलीले जनाएको छ । 

अनुगमन टोलीका फुड टेक्नोलोजिस्ट अनिल बस्नेत र अशोक पराजुलीका अनुसार, क्यान्टिन सञ्चालकले व्यवसाय दर्ता समेत नगरेको हुँदा सात दिनका लागि बन्द गरी स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १ : ०० बजे

खाँदबारीमा सेकाहा महोत्सव सुरु

खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु

बालेनले केपीसँग भिड्न खोजेको झापा ५ : अहिले पनि सजिलो छैन एमालेलाई हराउन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राजनीतिमा उत्रिँदै गर्दा झापा

ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

कीर्तिपुर– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका

काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार