प्रचण्डले माओवादीको अन्तिम बैठक गर्दै गर्दा जनार्दनको नयाँ घोषणा « Khabarhub

प्रचण्डले माओवादीको अन्तिम बैठक गर्दै गर्दा जनार्दनको नयाँ घोषणा


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको बैठक मंगलबार दिउँसो प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा बसिरहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवाद र प्रचण्ड पथ दोस्रो पटक त्याग्दै मार्क्सवादी लेनिनवादी विचारलाई अंगाल्ने निर्णय गरेपछि माओवादी केन्द्रको यो अन्तिम बैठक हो ।

यस अन्तिम बैठकबाट प्रचण्डले नयाँ तय नभइसकेको ९ दल सम्मिलित नयाँ दलमा माओवादीलाई समाहित गराउने निर्णय लिनेछन् ।

नेकपा एकीकृत समाजवादीसहित ९ दलबीच भएको एकता सहमति अनुमोदनका लागि बैठक बसेको हो ।

तर उता माओवादी छोडेर नयाँ अभियानको घोषणाको तयारीमा रहेका पूर्वउपमहासचिव जनार्दन शर्माले अहिले पत्रकार सम्मेलन गरिरहेका छन् ।

प्रचण्डले माओवादी त्याग्दै गर्दा जनार्दनले भने अर्का नेता राम कार्कीसहितको उपस्थितिमा पत्रकार सम्मेलन गरिरहेका छन् ।

उनले माओवादी पुनर्गठन या अन्य नयाँ अभियान घोषणा गर्न सक्नेछन् । उनले सोमबार प्रचण्डलाई आफूले नयाँ एकताको निर्णयलाई अस्वीकार गरेको भन्दै बिदा मागेका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  २ : ५४ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता