राप्रपा नेपालले राख्यो राजेन्द्र लिङ्देनसँग एकताको औपचारिक प्रस्ताव « Khabarhub

राप्रपा नेपालले राख्यो राजेन्द्र लिङ्देनसँग एकताको औपचारिक प्रस्ताव


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समान विचार भएका राजनीति दल र शक्तिसँग सहकार्य र एकताका लागि राप्रपा नेपालले पहल थालेको छ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा गठित वार्ता समितिले मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग एकताको औपचारिक प्रस्ताव गरेको छ।

लिङ्देन निवास ललितपुरको लामाटारमा बिहान भएको भेटघाट र छलफल सकारात्मक रुपमा अघि बढेको वार्ता समितीका सदस्य एवम् राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए ।

मुलुकको पछिल्लो राजनितीक घटनाक्रम र ध्रुवीकरणबारे गम्भीर छलफलसहित समान विचार भएकाहरूबीचको सहकार्य र एकताको आवश्यकताबारे त्यसक्रममा गहिरो चर्चा भएको उनले बताए ।

‘राप्रपा अध्यक्ष लिङ्देनले एकता प्रस्तावलाई सकारात्मक रुपमा लिनुभएको छ’, लिङ्देनको भनाई उधृत गर्दै बर्तौलाले भने, ‘पार्टीभित्र छलफल गरि चाँडै छलफलमा बस्ने जवाफ दिनु भएको छ ।’

लिङ्देनसँगको छलफलमा राप्रपा नेपालको तर्फबाट वार्ता समिति संयोजक राजीव पराजुली, सदस्यद्वय तेज कुरुङवाङ र राजाराम बर्तौला सहभागी थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ३ : ४० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल