चुनावबाटै निकास सम्भव : दलका नेताहरू « Khabarhub

चुनावबाटै निकास सम्भव : दलका नेताहरू


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– देश अहिले चुनाव र संवैधानिक संकटबीचको केन्द्रबिन्दुमा उभिएको तीन राजनीतिक दलका नेताहरूले बताएका छन् । 

रफत सञ्चार क्लब भक्तपुरले मंगलबार आयोजना गरेको अन्तरक्रियामा नेताहरूले अहिलेको जटिल अवस्थालाई निर्वाचनबाट निकास दिन सकिने बताए । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का सचिवालय सदस्य डिपी ढकालले देश कता जान्छ भन्ने ठ्याक्कै भन्न सकिने अवस्था नरहेको बताउँदै लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्रै भएकाले यसका लागि सरकारले तोकेको समयमा निर्वाचन गराउनुको विकल्प नभएको बताए। 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देशलाई अस्थिरताबाट स्थिरतामा लैजान र देशको जटिल अवस्थाबाट स्थायित्वमा लैजान निर्वाचनमा जानु नै उत्तम भएको धारणा राखे ।

पूर्वसामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्री एवम् नेकपा (एमाले)का केन्द्रीय सदस्य भगवती न्यौपानेले गणतन्त्र ल्याउन ज्यान दिन अगाडि सर्नेहरुमै अहिले संवेदनशीलता हराएको टिप्पणी गरिन् । उनले दलहरू आरोप–प्रत्यारोपमा अल्झिएर बस्नुभन्दा निर्वाचनमा गएर निकास निकाल्नुपर्ने बताइन्।

कार्यक्रममा रफत सञ्चार क्लबका अध्यक्ष सुशील बन्धु थापाले हालको राजनीतिक अस्थिरता, जेनजी आन्दोलन र विदेशी हस्तक्षेपका घटनालाई देशभक्तिपूर्ण दृष्टिकोणले मूल्यांकन गर्दै निर्वाचनबाट अगाडि गर्नुपर्ने दलहरूको निष्कर्ष रहेको बताए।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ४ : १८ बजे

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको