दरबन्दी संरचना र जिम्मेवारी स्पष्ट पार्न माग गर्दै हेल्थ असिस्टेन्ट संघले दियो आन्दोलनको चेतावनी  | Khabarhub Khabarhub

दरबन्दी संरचना र जिम्मेवारी स्पष्ट पार्न माग गर्दै हेल्थ असिस्टेन्ट संघले दियो आन्दोलनको चेतावनी 


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग दरबन्दी संरचना र जिम्मेवारी स्पष्ट पार्न माग गर्दै नेपालभरका हेल्थ असिस्टेन्टहरूले आन्दोलनको चेतावनी दिएका छन् ।

हेल्थ असिस्टेन्ट संघ नेपाल, जिल्ला कार्यसमिति नवलपुरले मन्त्रालयलाई पठाएको पत्रमा समायोजन ऐन २०७५ पछि स्थानीय तह र स्वास्थ्य चौकीमा सि.अ.हे.व.अधिकृत र जनस्वास्थ्य निरीक्षकबीचको सिनियरिटी, दरबन्दी तेरिज, र जिम्मेवारी विभाजनमा एकरूपता नहुँदा स्वास्थ्यकर्मीहरू अन्योलमा परेको जनाएको छ।

‘मन्त्रालयले यथाशीघ्र स्पष्ट निर्देशन नदिँदा देशभरका स्वास्थ्यकर्मीहरूलाई अदालत धाउनुपर्ने अवस्था आएको छ, जसले सेवा प्रवाहमा समेत असर परेको छ।’

संघका अध्यक्ष अमिर सुबेदीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।  यसअघि पनि कावासोति नगरपालिका र गैडाकोट नगरपालिकासहित विभिन्न स्थानीय तहमा पत्राचार गरी स्पष्टता माग गरेको भए पनि मन्त्रालयबाट अझै आधिकारिक प्रतिक्रिया नआएको संघले जनाएको छ।

यही विषयमा बैतडीका जनस्वास्थ्य निरीक्षक विनोद भट्टले समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गुनासो पेश गरे पनि हालसम्म जवाफ नआएको दाबी संघले गरेको छ । संघले नेपाल स्वास्थ्य सेवा ऐन , नियमावली  र समायोजन ऐनका प्रावधानअनुसार मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहकार्य गरी स्पष्ट निर्देशन जारी गर्नुपर्ने बताएको छ।

‘यदि मन्त्रालयले अब पनि सुनुवाइ नगरेमा, देशभरका हेल्थ असिस्टेन्टहरू चरणबद्ध आन्दोलनमा उत्रनेछन्।’ पत्रमा चेतावनी दिइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ५ : २६ बजे

तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला 

काठमाडौं– सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई वटा

अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीमा संलग्न दुईजना थाइल्याण्डबाट पक्राउ

एजेन्सी– थाइल्याण्डका रेन्जरहरूले अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीसँग सम्बन्धित शंका लागेका दुईजनालाई

मानव–वन्यजन्तु द्वन्द्व रोक्न वनमा पानीको प्रबन्ध

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको नमुना मध्यवर्ती सामुदायिक वनमा सौर्य ऊर्जाबाट

जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्‍यालीसहित जनसभा

जर्मनीद्वारा युक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा

जर्मनी– जर्मनीले युक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड